अब यूनिमोनी कतारमार्फत रेमिट्यान्स गर्दा सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सकिने

आइएमई पे

काठमाडौं, १४ माघ । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको कम्पनी यूनिमोनी कतार र नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी भएको छ ।

समझदारी पछि यूनिमोनी कतार मार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधैँ प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सकिनेछ । यो सम्झौता पछि यूनीमोनी कतारबाट नेपालको आइएमई पे मा सिधै पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ ।

यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुवै कम्पनीका लागि अर्को महत्वपूर्ण फड्को हो । यसबाट कतारमा रहेका आफ्ना सेवा ग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको छ । यस अवसरले सेवा ग्राहीहरूलाई यूनिमोनी कतारबाट पठाएको रेमिट्यान्स नेपाल स्थित आइएमई पेमा सोझै प्राप्त गर्न सकिने नयाँ सुविधा प्रदान गरेको छ ।

रोजगारीका वा व्यापार व्यवसायका लागि कतार भरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले यूनिमोनी कतारबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्ने गरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको यूनिमोनी कतारका महाप्रवन्धक फ्ल्योद जोहनीले बताए ।

आइएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्तकर्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिने महाप्रवन्धक जोहनीले बताए ।आइएमई पे ब्राण्डको प्रवर्द्धित संस्था आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा सेवा ग्राहीहरूले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्त्वपूर्ण रहेको बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक