बुटवल, १४ माघ । रुपन्देहीको मर्चवारमा आगो लगाइ एक पुरुषको ह’त्या गरिएको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टीका ३४ वर्षीय राजेन्द्र यादवको ह’त्यामा संलग्न ८ जनामध्ये आ’रोपित ६ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।
उनीहरू घ’टनाका योजनाकार र परिवारका सदस्य हुन् । मृतक यादवलाई उनकै भाइ, काका र काकाका सम्धीको समेत सम्लग्नतामा ह’त्या गरेको प्रहरी अनु’सन्धा’न बाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए ।
उनका अनुसार सम्पत्तिका लागि यादवको ह’त्या भएको हो । प्रहरीले बुधबार मुख्य योजनाकार सियारी २ बस्ने रामबेलाश यादव, बुद्धिराम कोहार, मृतकका भाई वीरेन्द्र यादव, काकाका सम्धि सन्तकुमार यादव, ह’त्याका सहयोगी सिद्धार्थनगर ११ का राकेश यादव र अफताव मुसलमानलाई सार्वजनिक गरेको छ ।
अ’परा’धमा संलग्न मध्यस्तकर्ता लङगारे भन्ने ईन्द्रजित यादव र सोनु मुराउ फरार छन् । मृतकका काकाले मान्छे मा’र्ने मध्यस्तकर्तालाई २५ लाख अथवा १ कठ्ठा जग्गा दिने शर्तमा ह’त्या गराएको प्रहरी अनु’सन्धा’नमा खुलेको छ । घ’टना गराउने मुख्य योजनाकार बुद्धिराम कोहारले नगद २० हजार र ५० हजारगरी २ पटकमा ७० हजार मृतकको काकाबाट लगेको समेत खुलेको छ ।
माघ ६ गते राजेन्द्रको श’व जलेको अवस्थामा भेटिएको थियो । श’वको तत्काल सनाखत नभएपछि प्रहरीले नेपालगञ्जबाट कुकुर झिकाएर अ’नुस’न्धान गरेको थियो । निकै ढिला सनाखत भएपछि प्रहरीले थप अ’नुस’न्धान गरि ह’त्याको आ’रोपमा ६ जनालाई पक्राउ गरेको हो ।