सातै प्रदेशमा यसरी लगाइयो कोरोनाविरुद्धको खोप

corona vaccine

काठमाडौँ, १४ माघ। नेपालमा बुधबारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बेलुका ५ बजेसम्ममा ६४ जिल्लाका ९३ खोपकेन्द्र मार्फत ९ हजार ८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख डोज खोप बुधबारदेखि वितरण गर्न थालिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको सुभारम्भ गरेसँगै सातै प्रदेशमा पहिलो चरणको खोप लगाउन थालिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोपका लागि प्राथमिकता निर्धारण गर्दै पहिलो प्राथमिकतामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई राखेको छ ।

सार्वजनिक फोहोर संकलक सरसफाइकर्मी (पालिकाद्वारा नियुक्त), एम्बुलेन्स तथा शव वाहन चालक तथा सहचालकहरु, कोभिड–१९ रोगबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरु, ७५ वर्षमाथिका जेष्ठ नागरिकलाई पनि पहिलो प्राथमिकतामा राखिएको छ ।

पहिलो चरणमा यिनै मापदण्डलाई आधार बनाएर खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो दिन सबैभन्दा बढी खोप वाग्मती प्रदेशमा लगाइएको छ भने सबैभन्दा कम प्रदेश २ मा ७२६ जनाले खोप लगाएका छन्।

कोरोनाविरुद्धको खोप
corona vaccine

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist