भारतले छिमेकी राष्ट्रहरुलाई दियो ५५ लाख खोप

खोप

भारतले आफ्ना छिमेकी देशहरुलाई अहिलेसम्म कोरोनाविरुद्धको ५५ लाख खोप सहयोग प्रदान गरेको छ । भारतको विदेश मन्त्रालयले एक करोड खोप अफ्रिकी मुलुकहरुलाई दिने योजना रहेको पनि बिहीबार जनाएको छ । त्यसैगरी दश लाख खोप संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीहरूलाई दिन लागिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ओमन तथा क्यारेवियाली १५ देश, निकारागुवा, अफ्रिकी प्रशान्त राष्ट्रहरू र आइसल्याण्डलगायतका देशलाई पनि कोरोना विरुद्धको खोप सहयोग गर्ने भारतको योजना रहेको बताए ।

उनले भारतसँग खोप प्राप्त गर्न पनि धेरै देशहरुले चासो राखिरहेको जानकारी दिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको लडाइमा भारतले धेरै देशहरुलाई साथ दिन चाहेको घोषणा गरेका छन् । उनले अन्तर्राष्ट्रिय सहकार्यमा पनि जोड दिएका छन् । तर पहिलो जिम्मेवारी भने छिमेकीहरु प्रति हुने प्रधानमन्त्री मोदीको भनाइ छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्