माया पिरतीमा जिउज्यान दिएर लाग्द पनि सम्बन्ध असफल भएपछिका पिडा बोलिएको गीत ‘डोको चोयाको’ युट्युबमा सार्वजनिक भएको छोटो समयमा नै दर्शकको राम्रो प्रतिकृया बटुल्न सफल भएको छ ।
बल बिक्रम थापा र रिमा आलेको आवाज रहेको गीतमा महेन्द्र बिश्वोकर्माले शब्द तथा लय सिर्जना गरेका हुन । जुजु गुरुङले संगीत संयोजन गरेको गीतको मालिया रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो भने गीतको मास्टरिङ्ग हेमराज डाँगीले गरेका हुन । ।
दिपेश एस.केको निर्देशनमा तयार पारीएको गीतको म्युजिक भिडियोमा दिपेश एस.के, बिनित जि.सी, सविना तमाङ, राज कुमार बोगटी लगायतलाई देख्न सकिन्छ । गीतको भिडियो छायांकन तथा सम्पादन गंगा राम राइले गरेका हुन ।
गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :