अक्षय कुमार बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् । सन् २०१९ मा अक्षय कुमारको फिल्मले बक्स अफिसमा ७०० करोडको व्यापार गरेको थियो । उक्त फिल्मपछि अक्षय कुमारले सबैभन्दा बढी पारिश्रमिक लिन सुरु गरेका हुन् ।
उनी बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता हुन् । उनको नाम फोब्र्सको २०२० को सूचीमा समेत समाबेश भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार अक्षयले फेरि पारिश्रमिक बढाएका छन् । पहिले अक्षय १२० करोड लिने गर्थे । तर उनले फेरि बढाएर १३५ करोड बनाएका छन् ।
फिल्मका निर्देशकका अनुसार अक्षयलाई दर्शकको अत्यधिक समर्थन र माया मिल्ने गर्छ । उनी फिल्ममार्फत मानिसहरुलाई सुसुचित गराउने काम पनि गर्ने गर्छन् । यतिबेला अक्षयका बेल बटम, अतरङ्गी रे, बच्चन पाण्डे लगयतका फिल्म दर्शकले प्रतिक्षा गरिरहेका छन । एजेन्सी