यूएईले दिने भयो यस्ता विदेशीलाई नागरिकता

United Arab Emirates

संयुक्त अरब इमिरेट्स (यूएई) ले होनहार विदेशीलाई आफ्नो नागरिकता दिने घोषणा गरेको छ । त्यस्ता होनहार विदेशी जसले खाडीको यो देशलाई आफ्नो योगदानले थप उत्कृष्ट बनाउन सकून् ।

यूएईका उप–राष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रशीद अल मकतूमले देशका नागरिक बन्ने योग्यता राख्ने क्षमतावान् विदेशीमा लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार र विशेष क्षमता भएका व्यक्तिलाई देशको नागरिकता दिइने जानकारी दिए । उनीहरुका अनुसार होनहार विदेशी र उनका परिवारका सदस्यले दोहोरो नागरिकता राख्न सक्नेछन् ।

दुबईका शासक शेख मोहम्मद बिन रशीद अल कमतूम जुन कडा शर्तसहित विदेशीलाई यूएईको नागरिकता दिने कुरा गरिरहेका छन्, त्यसमा कम आयस्रोत भएका मानिसहरु सायदै अटाउन सक्लान् । शेख मोहम्मद बिन रशीद अल मकतूमका अनुसार यसको उद्देश्य ती मानिसहरुलाई आकर्षित गर्नु हो जसले ‘हाम्रो विकास यात्रामा योगदान’ दिन सकून् ।

यसका लागि भिन्न कुनै आवेदन प्रक्रिया हुने छैन । यूएईका शाही व्यक्ति र अधिकारीले कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नामांकन गर्नेछन् । यसका लागि यूएईको त्यसलाई मञ्जुरी दिने नदिने भनेर मन्त्रीमण्डलले निश्चित गर्नेछ ।

यो पहल यस्तो समयमा गरिएको हो जब कोरोना महामारी र तेलको कम मूल्यका कारण हज्जारौं विदेशले यूएई छोडेर गइसकेका छन् । अबुधाबीबाट निस्कने पत्रिका ‘द नेशनल’ का अनुसार यो नयाँ व्यवस्थाले विशेष क्षेत्रका विशेषज्ञ र विदेशी लगानीकर्तालाई यूएईमा आफ्नो जरा गाड्ने मौका पाउनेछन् ।

बीबीसीका अरब अफेयर्स एडिटर सेबस्टियन अशरका अनुसार आर्थिक र पर्यटन केन्द्रको हिसाबले संयुक्त अरब इमिरेट्स विदेशीमा निर्भर छ । त्यहाँ बस्ने बहुसंख्यक जनसंख्या विदेशीको नै छ जो वर्कफोर्समा ९० प्रतिश भन्दा बढी छन् । विदेशी कामदारलाई धेरैजसो रिन्यूबल भिसा दिइन्छ जुन थुप्रै वर्ष सम्म मान्य रहन्छ र रोजगारसँग जोडिएको हुन्छ ।

कम आयस्रोत भएका श्रमिकले संयुक्त अरब इमिरेट्सको अर्थव्यवस्था बनाउन महत्वपूर्ण भूमिका निभाएका छन् । यी ती मानिसहरु नै हुन् जसले निर्माण, सेवा सत्कार, रिटेल र ट्राभल सेक्टरमा काम गर्छन र त्यहाँबाट कमाएको धनलाई आफ्नो घरमा पठाएर आफन्तको मद्दत गर्छन् ।

यीमध्ये धेरैजना थुप्रै वर्षदेखि संयुक्त अरब इमिरेट्समा बसिरहेका छन् तर उनीहरुले नागरिकता हासिल गर्न सकेका छन् जसका कारण उनीहरुले सामाजिक सुरक्षा सम्बन्धित फाइदा पाउँदैनन् । संयुक्त अरब इमिरेट्समा कम आयस्रोत भएकाहरुलाई सधैं नजर अन्दाज गरिन्छ भने लगानीकर्ता, विद्यार्थीका लागि लामो समयसम्म रहनका लागि प्रस्ताव दिइने गर्छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्