सोलुखुम्बु, १८ माघ । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ मा आ’गला’गी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । स्थानीय टेकबहादुर निरौलाको मतानमा हिजो आ’गला’गी हुँदा उनीहरूको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ ।
आ’गला’गीमा परी ज्या’न गुमाउनेमा टेकबहादुरका सात वर्षीय नाती सुगम र चार वर्षीया नतिनी सुदिष्मा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।
माथिल्लो तलामा घाँस लगायतका सामग्री राखिएको मतानमा बालबालिकाले लाइटर खेलाउँदा आ’गला’गी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । बालक र बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।