गुल्मीमा आ’परा’धिक क्रियाकलाप झन बढ्दै, झरफुकको नाममा तातो पन्यूले डामेर ह’त्या

murder

गुल्मी, १८ माघ । गुल्मीमा पछिल्लो समय आ’परा’धिक क्रियाकलाप बढ्दै गएको छ । झरफुकको नाममा तातो पन्यूले डामेर ह’त्या, विद्यालयमै विद्यार्थी माथि नि’र्घा’त कु’टपि’ट देखि किसानका गोठमा आ’गला’गी सम्मका घ’टना घटेका छन् । घ’टनाका अ’परा’धी पत्ता लगाउन नसक्दा जिल्लामा शान्ति सुरक्षाको चुनौती बढ्दै गएको हो ।

इस्मा गाउँपालिका–१ का मोतीबहादुर कुँवरको गत भदौ २१ गते आफ्नै पसलमा विभ’त्स ह’त्या भयो । ह’त्या भएको करिब पाँच महिना पुग्न थाल्यो । गुल्मी प्रहरीले अहिले सम्म अ’परा’धमा संलग्न व्यक्ति पत्ता लगाउन सकेको छैन ।

लामो समय सम्म ह’त्या किन र कसले गरेको भन्ने विषय अन्योल भएका कारण स्थानीयवासीमा त्रा’स बढ्दै गएको छ । “मृतकका केही आफन्त र अन्य महिला माथि पनि प्रहरीले श’ङ्का गरेको थियो”, स्थानीय वीरबहादुर खत्रीले भने, “अहिले सम्म पनि ह’त्या’रा पत्ता नलाग्दा स्थानीयवासीमा त्रा’स बढ्दै गएको छ ।”

रेसुङ्गा नगरपालिका–१४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विक यही माघ ३ गते बिहान ११ बजे जङ्गलमा घाँस काट्न गएका थिए । सोही दिन दिउँसो २ः३० बजेतिर गुल्मी दरबार गाउँपालिका–१ को बलिथुममा मृ’त भेटिए । उनका छातीमा ब’न्दु’कका छ’र्रा रहेका बताइएको छ ।

दिउँसै ब’न्दु’कले हानेर विकको ह’त्या भएपछि स्थानीयवासीमा त्रास बढेको छ । गाउँमा मजदुरी गरेर परिवार पालेका विकको ह’त्या पछि परिवार शोकमा छन् । ह’त्यामा संलग्न अहिले सम्म पत्ता लागेका छैनन् ।

त्यस्तै, गत पुस २६ गते चार युवाले जिल्ला सदरमुकाममै रहेको महेन्द्र माविको कक्षा १२ मा पढ्ने इस्मा गाउँपालिका–३ का माधव पछाईँलाई मर’णा’सन्न हुने गरेर कु’टपि’ट गरे । पी’डित परिवारले प्रहरीमा चार जना वि’रुद्ध किटानी जा’हेरी दिएका दिए । तीमध्येका दुई हि’रास’तमा छन् भने बाँकी दुई अझै फरार छन् ।

तम्घासकै मुख्य बजारमा झारफुकको नाममा तातो पन्यू र अन्य धातुले हा’नेर इस्मा–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको गत पुस २९ गते ज्या’न गयो भने दुई गम्भीर घा’इते भए । बिपन्न मुखिया परिवार शोकमा डुबेका छन् ।

दोषीलाई कडा भन्दा कडा का’रवा’ही हुनुपर्ने माग उनीहरुको छ । “रोग सञ्चो गराउने नाममा बुवालाई गुमाउनुप¥यो”, मृतकका जेठा छोरा हुमबहादुर मुखियाले भने, “घ’टनाका दोषीलाई कडा’भन्दा कडा का’रवा’ही हुनुप¥यो ।”

यस्तै, जिल्लामा ह’त्याका घ’टना मात्र होइन्, किसानमाथि पनि आ’क्रम’ण भइरहेको छ । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका शौभाग्य शाहको बाख्रा फार्ममा अपरिचित व्यक्तिले गत पुस २३ गते आ’गो लगाइदिए । छिन भरमै फार्ममा रहेका २५ बाख्रा म’रे । फार्मको संरचना सहित रु ७० लाख भन्दा बढीको क्षति भयो ।

मालिका गाउँपालिका–७ घमिरका मुमानन्द लम्सालको केरा बगानमा गत पुस २७ गते राति अपरिचित व्यक्तिले केरा फडानी गरे । त्यसका साथै पाइप र सिँचाइका सामग्रीमा क्षति गरे । तर दुवै घ’टनामा संलग्न अहिले सम्म पत्ता लागेका छैनन् ।

गुल्मी दरबार गाउँपालिका–४ का ३८ वर्षीय नारायण पाध्य शर्मा चुदाली वि’रुद्ध जिल्ला प्रहरी कार्यालयमा गत मङ्सिर ८ गते मानव बेचबिखन वि’रुद्धको मु’द्दा दर्ता भयो । उनले गत कात्तिक २६ गते स्थानीय १७ वर्षीया बालिकालाई भारत लगेका थिए । आ’रोपि’त वि’रुद्ध जिल्ला अदालतले मङ्सिर १० गते पक्राउ पूर्जीसमेत जारी ग¥यो । तर आ’रोपि’त गाउँमै डुलेर बस्दा समेत प्रहरीले आ’रोपि’तलाई पक्राउ गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले सबै घ’टनाका बारेमा प्रहरीले सुक्ष्म अनु’सन्धा’न गरिरहेको जानकारी दिए । कतिपय घ’टनास्थल टाढा भएकाले जिल्लाको टिम जान नपाएको उनले बताए । साथै स्थानीयवासी बाट राम्रो साथ र समन्वय नहुँदा पनि समस्या भएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा भएका घ’टना प्रति आफूहरु ग’म्भीर रहेको बताए । प्रशासन नजिकै घ’टेका घ’टनाले आफूहरुको चित्त दुखेको जनाउँदै उनले घ’टनाका विषयमा सुरक्षा समितिमा समीक्षा भएको बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक