फ्रान्सले आह्वान गरेको वार्ता इरानद्धारा अस्वीकार

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों

इरानले आणविक सम्झौताका विषयमा छलफल गर्न फ्रान्सले आह्वान गरेको वार्ता अस्वीकार गरेको छ । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले साउदी अरेबियालाई समावेश गर्न वार्ता आह्वान गरेपछि इरानले वार्ता अस्वीकार गरेको हो । राष्ट्रपति म्याक्रोंले वार्तामा साउदी सहभागी हुनु पर्ने बताएपछि इरानले कुनै पनि नयाँ वार्ता वा छलफल अस्वीकार गर्ने जनाएको छ ।

इरानले आणविक सम्झौता संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावले गरेको बहुपक्षीय अन्तराष्ट्रिय सम्झौता भएकाले यसमा कुनै परिवर्तन नहुने जनाएको छ । सन् २०१८ मा ट्रम्प प्रशासनले उक्त सम्झौताबाट पछि हट्दै तेहेरानमाथि आर्थिक प्रतिबन्ध लगाएको थियो । इरानमाथि सम्झौता उल्लघंन गरेको आ’रोप लागेको छ ।

यद्यपी नयाँ अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले सम्झौताका शर्तहरू पूर्ण पालना गरेमा प्रतिबन्ध फुकुवा गर्ने जनाएको छ । तर इरानले आणविक कार्यक्रमको गतिलाई उल्टाउने भन्दै अमेरिकी प्रस्ताव अस्वीकार गरेको छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक