फिल्म ‘आमा’लाई दर्शकबाट तारिफ, हेर्नुहोस् पुरै फिल्म यस्तो छ (भिडियो सहित्)

गत वर्षको फागुनमा प्रदर्शन भएको दिपेन्द्र के. खनाल निर्देशित फिल्म ‘आमा’ यूट्युबमा सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले बुढासुब्बाको यूट्युब च्यानल मार्फत फिल्म सार्वजनिक गरेको हो । यूट्युबमा सार्वजनिक भएसँगै फिल्मलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । फिल्मको कथावस्तु, प्रस्तुती र कलाकारको अभिनयलाई दर्शकले प्रशंसा गरेका छन् ।

सीमक्षात्मक र व्यवसायिक दुवै रुपमा सफल ठहरिएको यो फिल्म कोरोनाका कारण प्रदर्शनकै क्रममा रोकिएको थियो । जसले गर्दा हल व्यवसायीहरुले ‘आमा’ लाई रि-रिलिज गर्दै ९ महिनापछि सिनेमा हल खोलेका थिए । तर, प्रदर्शन भइसकेको फिल्म हेर्न दर्शकले जाँगर चलाएनन् । रि-रिलिजको प्रयास असफल भएपछि शुक्रवार निर्माण टिमले फिल्म यूट्युबमा सार्वजनिक गरेको हो ।

सिनेमा हलमा रिलिजको ११ महिनामा नै यूट्युबमा फिल्म रिलिज गर्नुको कारण पाइरेसी प्रमुख मानिएको छ । पाइरेसी कपी धेरै दर्शकको मोवाइलमा पुगेपछि डिजिटल राइट्स लिएको बुढासुब्बाले ‘आमा’ लाई यूट्युब रिलिज गरेको हो । यो फिल्म विदेशमा प्रदर्शन हुन बाँकी नै थियो । पाइरेसीका कारण हतारमा फिल्म यूट्युबमा रिलिज गर्नु पर्दा निर्माण टिमलाई ठूलो घाटा भएको छ ।

फिल्ममा अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्षलाई देखाइएको छ । दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल लगायतका कलाकारको मुख्य अभिनय छ । फिल्म शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

गत शुक्रबार सार्वजनिक फिल्म समाचार तयार गर्दासम्म युट्युव ट्रेन्डिङको ३ स्थान ओगट्न सफल भएको छ । करिव १२ लाखले हेरेको फिल्मलाई ४३ हजार बढीले लाइक र १४ सयले डिसलाइक दिएका छन् । युट्युवमा हेर्ने धेरैले फिल्मको तारिफ गर्दै सकारात्मक प्रतिक्रिया समेत दिएका छन् । ‘आमा’ टिम अहिले फिल्म ‘चिसो मान्छे’ निर्माणको तयारीमा लागेको छ । फिल्म फागुनबाट छायाँकनका लागि फ्लोरमा निस्कदैछ ।

‘आमा’ फिल्म पुरै हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :-

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्