चीनले पनि अनुदानमा दिने भयो नेपाललाई ३ लाख डोज कोरोना भ्याक्सिन

कोरोना भ्याक्सिन

काठमाडौँ, १९ माघ। उत्तरी छिमेकी चीनले पनि आफ्नो देशमा उत्पादन भएको कोरोना भाइरसविरूद्धको खोप नेपाललाई अनुदानमा दिने भएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार चीनले ३ लाख डोज कोरोना भ्याक्सिन छिटै नेपाललाई अनुदानमा दिने निर्णय गरेको हो ।

संसारभरि र चीनभित्रै पनि ठूलो माग भए पनि नेपाल-चीन मित्रताको महत्वका कारण चीनले नेपाललाई भ्याक्सिन दिन लागेको दूतावासले उल्लेख गरेको छ।चीनले दिएको भ्याक्सिन १ लाख ५० हजार जना मानिसमा लगाउन मिल्ने बताइएको छ।

चीनले दिन लागेको खोप चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो। यो भ्याक्सिनले चीनमा यसअघि नै सशर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई दिइसकेको दूतावासले जनाएको छ। खोपको प्रभावकारिता ७९.३४ प्रतिशत रहेको दाबी गरिएको छ।

दूतावासले खोपको सुरक्षा र प्रभावकारिता विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डभन्दा माथि रहेको उल्लेख गरेको छ। अहिलेसम्म पाकिस्तान, इजिप्ट, हंगेरी, युएईलगायत १३ मुलुकमा भ्याक्सिनले आपतकालीन प्रयोगको अनुमति पाएको दूतावासले जनाएको छ।

नेपालमा भने चिनियाँ खोपलाई अहिलेसम्म अनुमति दिइएको छैन। दूतावासले नेपाली अधिकारीहरूसँग खोपको अनुमतिका लागि संयोजन गरिरहेको र छिटै खोप नेपाललाई उपलब्ध गराउने बताएको छ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्