पाल्पा, २३ माघ । तानसेन नगरपालिका–८ निवासी ७७ वर्षीया हिराकुमारी चिदीको शव फेला परेको छ । गत पुस महिना देखि हराएकी वृद्ध महिलाको शव आज जंगलमा भेटिएको छ ।
माथागढी गाउँपालिका २ रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा वृद्ध महिलाको शव भेटिएको हो । चिदी पुस ४ गतेदेखि हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताए ।