हेर्नुहोस्, आखिर किन मानिन्छ त १३ अंकलाई नै अशुभ ? १३ नम्बरको रहस्य के छ ?

हेर्नुहोस्, आखिर किन मानिन्छ त १३ अंकलाई नै अशुभ ? १३ नम्बरको रहस्य के छ ?

दुनियाँमा १३ अंकलाई अशुभ मानिन्छ । आखिर किन मानिन्छ त १३ अंकलाई नै अशुभ ? १३ नम्बरको रहस्य के छ ? मानिसहरु यो अंकको प्रयोग गर्नमै हिच्किचाउनुको कारण के छ ? अझ पश्चिमी देशहरुमा १३ अंक प्रतिको विकर्षण र त्रासले आम मानिसमा जरो गाडेको पाइन्छ ।

१३ नम्बर प्रति यस्तो भय सिर्जना हुनमा धेरै घटना तथा संयोगहरु छन् । ती संयोगहरुले यस्तो माहोल सिर्जना गर्‍यो कि मानिसहरु यो संख्याप्रति नै डराउन बाध्य भए । यशुमा विश्वास राख्ने मानिसहरुका अनुसार एकदिन यशुलाई रात्रीभोजमा सँगै रहेको एकजना मानिसले विश्वासघात गरेको थियो । संयोग कस्तो भने त्यो मानिस १३ नम्बर कुर्सीमा बसेको थियो । त्यसपछि सबै मानिसहरुले यो अंकलाई दुर्भाग्यपूर्ण मान्न थाले ।

मनोविज्ञहरुले १३ अंकप्रतिको डरलाई टि्रस्काइडेका फोबिया अर्थात् थर्टिन डिजिट फोबिया नाम दिए । डर यतिसम्म बढ्यो कि सोही कारण मानिसहरु १३ नम्बरको प्रयोगबाटै टाढा भाग्न थाले । कतिपय होटल तथा भवनहरुमा त १३ नम्बरको कोठा वा तेह्रौं तला नै नराखिएको पाइन्छ । फ्रान्समा त रेष्टुरेन्टहरुमा १३ नम्बरको कुर्सी नै नराख्ने चलन छ । इटालियन ओपेरा हाउसहरुमा पनि १३ नम्बरको प्रयोग सकेसम्म गरिँदैन ।

उता भारतको सबैभन्दा व्यवस्थित मानिने चण्डीगढ सहरमा पनि १३ नम्बरको भूतले सताएको छ । पण्डित जवाहरलाल नेहरुको सपनाको उक्त सहरमा सेक्टर नम्बर १३ नै गायब छ । उक्त सहरको डिजाइन विदेशी नागरिकले गरेका थिए, जसलाई १३ नम्बरको फोबिया थियो । उता, भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको जिवनमा १३ नम्बरको निकै गहिरो सम्बन्ध तथा संयोग छ । प्रधानमन्त्री बन्ने तथा हट्ने धेरै कुराका निमित्त १३ तारेख तथा १३ दल आदिको संयोग पर्‍यो ।

अंक विज्ञान वा न्युमोरोलोजीको हिसाबले पनि १३ अंकलाई शुभ मानिँदैन । यसको मुख्य कारण १२ अंकलाई मानिन्छ । वास्तवमा न्यमोरोलोजीमा १२ नम्बरलाई पूर्णताको प्रतीक मानिन्छ । त्यसैले त्यो पूर्ण अंकमा १ जोड्नुलाई दुर्भाग्यको प्रतीक मान्ने गरिन्छ । तर कतिपय मानिसहरुको मत के छ भने १३ नम्बरलाई अशुभ भन्नु केवल अन्धविश्वास हो र यसको कुनै वैज्ञानिक प्रमाण छैन । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

4 hours ago

DeeYan Media
परदेशीलाइ दशैं हेर्नुहोस कस्तो हुन्छ !www.youtube.com/watch?v=0ve1m2P7FjQ ... See MoreSee Less
View on Facebook

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist