तपाईंलाई थाहा छ, मृतकको नाकमा किन हालिन्छ कपास ? हेर्नुहोस् यस्ता छन कारण

तपाईंलाई थाहा छ, मृतकको नाकमा किन हालिन्छ कपास ? हेर्नुहोस् यस्ता छन कारण

हामी सबैले देखेकै छौँ कि मानिस मरिसकेपछि उसको नाकमा कपास कोचिन्छ । मरेको मानिसले कथन् कदाचित फेरि स्वास फेर्न नपाओस् भन्नका लागि पो यसो गरिएको हो कि ? भन्नुहोला । तर होइन । यसको खास कारण यस्तो छ ।

यसका पछाडि वैज्ञानिक र आध्यात्मिक दुवै कारण रहेका छन् । कुरा गरौँ वैज्ञानिक कारणको । मृत्युपछि मानिसको नाक तथा कानबाट पानी निस्कन्छ । सोही पानी बाहिर नचुहियोस् भन्नका लागि नाक र कानमा समेत कपास कोच्ने गरिन्छ । साथै लासमा निकै छिटो संक्रमण हुने भएको र नाकबाट किटाणुको संक्रमण छिटो हुने हुनाले पनि नाकको प्वाल छोपिदिने गरिन्छ ।

हिन्दु धर्ममा शवको नाकमा कपास कोच्नुको धार्मिक कारण पनि उल्लेख छ । गरुण पुराणका अनुसार मृतकको सरीरका विभिन्न खुला भागहरुमा सुनको टुक्रा राखिदिनुपर्दछ । नाक, कान, आँखा, मुख जस्ता ठाउँमा सुनको टुक्रा राखिदिनुपर्ने यहीँ धार्मिक मान्यता रहेको र नाकको हकमा प्वाल अलिक ठूलो हुने र सुनको सानो टुक्रा खस्ने भएको हुँदा नाकभित्र सुनको टुक्रा हालेर त्यसलाई बाहिरबाट कपासले छोपिदिने गरिन्छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक