१७ वर्षीया भट्टको बला’त्कार पछि ह’त्या, कुकुर’सहितको टोली परिचालन गरेपछि किशोरीको मोबाइल फेला

बलत्कार

धनगढी, २४ माघ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी (कतोला) की १७ वर्षीया भागरथी भट्टको बला’त्कार पछि ह’त्या भएको छ । भागरथी गाउँपालिका भवन नजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

बुधबार बिहान विद्यालय गएकी भागरथी नफर्केपछि आफन्तले खोजी गर्दा बिहीबार बेलुकी घर भन्दा तीन किलोमिटर दूरीमा रहेको लबलेक सामुदायिक वनमा बी’भ’त्स अवस्थामा उनको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय खोचलेक र विद्यालय बाट झन्डै दुई किमि दूरीमा घाँटी निमो’ठिएको, हातमा धा’रिलो हति’यार प्रयोग गरिएको र बला’त्कार गरी आधा शरीर निर्व’स्त्र पारिएको अवस्थामा शव फेला भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बैतडीका प्रहरी प्रमुख डीएसपी नारायण प्रसाद अधिकारी बिहीबार राति नै घ’टनास्थल पुगेका थिए । जिल्ला सदरमुकाम गोठलापानी बाट मोटर चढेर झन्डै डेढ घण्टामा घ’टनास्थल पुगिन्छ । मृत्युबारे अनु’सन्धान गर्न शुक्रबार तालीम प्राप्त कुकुर सहित प्राविधिकको टोली परिचालन गरिएको अधिकारीले जानकारी दिए ।

उनले भने, “घ’टनामा संलग्नलाई खोज्न तथा थप अनु’सन्धान गर्न सहज होस् भनेर कुकुरको प्रयोग गरेका हौैँ ।” शव वी’भ’त्स अवस्थामा फेला परेकाले बला’त्कार पछि ह’त्या गरिएको हुनसक्ने मृतक किशोरीका आफन्त शिवराज भट्टले बताए । प्रहरीले भने मृतक किशोरीको शव परीक्षण गरेपछि मात्रै बला’त्कार भए नभएको बारेमा थाहा हुने जनाएको छ ।

दो’षी पत्ता लगाई का’रवा’हीको दायरमा नल्याउँदा सम्म शव उठाउन नदिने आफन्तले बताएका छन् । किशोरीको मृत्यु भएपछि शोकमा दोगडाकेदार गाउँपालिकाले बिहीबार शोक बिदा दिएको थियो । गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की द्वारा जारी विज्ञप्तिमा उक्त घ’टनाको निन्दा गर्दै सत्यतथ्य छानबिन गरी दो’षीलाई का’रवा’ही गर्न माग गरिएको छ ।

किशोरी ह’त्या घ’टना ज’घ’न्य अप’राध रहेको भन्दै दो’षीलाई अविलम्ब पक्राउ गरी का’रवा’ही गर्न विभिन्न संस्थाले माग गरेका छन् । घ’टना स्थलमा तालीम प्राप्त कुकुर’सहितको टोली परिचालन गरेपछि किशोरीको मोबाइल फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए ।

घ’टनाको अनु’सन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा घ’टना अनु’सन्धानका लागि छुट्टै प्रहरी टोली पुगेको हो । टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनु’सन्धान ब्युरो सिआइबीका प्रहरी नायब उपरीक्षकलाई खटाइएको छ । जिल्लाले गरिरहेको अनुसन्धानमा प्राविधिक सहयोग गर्न छुट्टै टोली खटाइएको हो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक