नयाँ स्वरुपको कोरोनाबाट अमेरिकामा ६ सयभन्दा धेरै संक्रमित

corona

विश्वमा कोरोनाका बिरामीहरुको आँकडा १० करो ५८ लाखभन्दा धेरै भएको छ । ७ करोड ७५ लाखभन्दा धेरै मानिस ठिक भइसकेका छन् भने २३ लाख ७ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् । यो आँकडा वल्र्डोमिटर डटकमको हो ।

यता, अमेरिकामा ख’तरा बढेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार देशमा कोरोनाको नयाँ स्वरुपबाट संक्रमित ६ सय १८ जना बिरामीहरु देखिएका छन् । देशका ३३ राज्यमा अवस्था अझै पनि खतरनाक रहेको सिडिसीले जनाएको छ । यी राज्यमा देखिएका ६ सय १८ नयाँ स्वरुपका संक्रमणमध्ये ६ सय ११ जनामा बी १.१.७ स्वरुप देखिएको पाइएको छ । यो स्वरुप बेलायतबाट फैलिएको थियो । यसको फैलावटलाई निकै तिव्र मानिएको छ ।

अमेरिका २ करोड ७४ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । यसमध्ये १ करोड ७१ लाख ४६ हजार १ सय ६९ जना निको भइसकेका छन् । त्यस्तै, ४ लाख ७० हजार ७ सय ५ को मृत्यु भइसकेको छ । -एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्