यी ८ गुण भएका युवतीहरु तपाईका लागि योग्य होइनन्

kajal agrawal

मानिसहरुले आफ्नो विशेष साथी खोजिरहेका हुन्छन् । त्यही क्रममा उनीहरु प्रेम सम्बन्धमा पर्ने गर्छन् । धेरैले त्यही सम्बन्धलाई जीवनको अभिन्न अंगको अवस्थामा बदल्ने गर्छन् । अर्थात् विवाह गरेर युगौँयुग सँगै बाँच्ने सँगै मर्ने वाचामा बाँधिन्छन् ।

हुन त हर कोहीको जीवनमा कुनै एक समय एक भावनात्मक सम्बन्ध आवश्यक हुन्छ । तर हामीलाई अक्सर हामी कस्तो मानिससँग जोडिएका छौँ भन्ने कुराले सताउने गर्छ । किनकी कुनैपनि सम्बन्ध राम्रो हुन दुवैको समान भूमिका र जिम्मेवारी रहेको हुन्छ । उही पुरानै उखानको याद आउँछ कि एक हातले ताली बज्दैन । र मानिस कस्तो मान्छेको साथमा बाँकी जीवनको सुनौलो कल्पना गर्दैछ भन्ने कुराले उसलाई बेलाबेलै गम्भीर बनाउने गर्छ ।

प्रेम सम्बन्ध, वैवाहिक जीवन कसरी राम्रो बनाउने भन्ने बारे पनि खोज अनुसन्धान गरिरहेको हुन्छ मानिसले । एक अर्कालाई पूर्णरुपले जस्तो छ त्यस्तै अवस्थामा स्वीकार्नु, साझा लक्ष्य वा स्वार्थ पहिचान गर्नु, थोरै म बद्लिन्छु, थोरै तिमी बद्ल र थोरै सम्झौता गरौँला भन्ने भावनाहरुले सम्बन्धलाई नाटकीय रुपले मजबुत बनाउँछ ।

यद्यपि आजको विषय भनेको अहिले सम्म अक्सर यस्ता युवासँग सम्बन्ध जोड्नुस्, उस्तासँग सम्बन्ध तोड्नुस् जस्ता सुझावका आलेखहरु पढ्ने गरिएको छ । यहाँ केही यस्ता व्यवहारिक विषयहरु छन् जसले तपाइले कस्ता युवती छान्ने भन्ने केही टिप्सहरु दिन्छ । गुडम्यान प्रोजेक्टमा प्रकाशित केही यस्ता गुणको वर्णन गरिएको छ यदि यी गुणहरु तपाइको हुनेवाला जीवनसाथीसँग छैन भने विकल्प रोज्ने कि ? वा यो लेख पढ्न दिने पो हो कि ?

१. प्रशंसा नगर्ने स्वभाव
यदि तपाई एक वफादार प्रेमी हुनुहुन्छ भने तपाई सधैँ केही न केही आफ्नो मान्छेको लागि गरिरहनुभएको हुन्छ । त्यस्तै तपाईको आफ्नै उन्नति प्रगति, शिक्षामा सफलता आदि कुराले आउँदो सम्बन्धमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्दछ । यी केही पनि कुराहरुमा यदि उनले तपाइको प्रशंसा गर्दिनन् भने तपाइले अरु कोही भेट्नुहुनेछ जो तपाईको मेहनत प्रति कृतज्ञ होस् ।

२. गैरजिम्मेवार वा दोष थोपर्ने
मानिसले गल्ती गर्नु स्वाभाविक हो । गल्तीलाई स्वीकारेर अघि बढ्नु जीवनको हरेक पाटोमा बुद्धिमानी हुन जान्छ । तर यदि तपाईकी प्रेमिकाले आफ्नो गल्ती कैलै देख्दिनन् र अक्सर तपाइमाथि घटना परिघटनाको दोष देखाउन खोज्छिन् भने यसले ज्यादातर सम्बन्धमा खुशीयाली ल्याउने छैन, जानी राख्नुस् ।

३. अनावश्यक हक जमाउने
हरेक मानिसको व्यक्तिगत जीवन फरक फरक हुन सक्छ । त्यसैले तपाईको जीवनसाथीले यदि तपाइका अन्य साथीभाइसँग घुम्ने, रमाउने समयसँग रिसराग गर्ने, वा अनावश्यक हक जमाउने गर्छिन् भने यसले पनि द्धन्द्ध सृजना गर्छ ।

४. अनियमितता
यदि तपाइसँग उनी अनियमित छिन् भने विचार गर्नुपर्ने हुन्छ । जस्तै, यदि तपाइको फोन कल्स वा मेसेजहरुको ठीक ढंगले प्रतिउत्तर आउँदैन भने सम्झनुस् सायद उनीमा तपाईप्रतिको लगाव कम भएको छ । यदि यसो हो त कृपया खुशी खुशी आँफै टाढा रहनुस् । कहिल्यै पश्चाताप हुने छैन ।

५. अरुसँगको उनको व्यवहार
यदि तपाइको कोही आफन्त साथी वा क्याफेमा काम गर्ने मान्छे आदिसँग उनको व्यवहार कस्तो छ भन्ने कुराले पनि सम्बन्धमा ठूलो माने राख्दछ । यो दुवैको कुरामा लागू हुन्छ । मतलब मानवीय स्वभाव आवश्यक छ कुनै सम्बन्ध अघि बढाउन ।

६. सबैमा अधिकार जमाउनु
विशेष अवसर बाहेक अन्य बेलामा पनि केही वस्तु वा घुम्न जाने कुराको निम्ति कुनै पनि हालतमा उनलाई पहिलो प्राथामिकता दिनै पर्छ भने यो पनि सुखदायक लक्षण होइन । किनकी सम्बन्ध भनेको दुईवटा चालकले चलाएको एउटै गाडी हो । कहाँ सम्म लाने भन्ने निर्धारण नितान्त दुवैको आनीबानी र भावनाले गर्छ ।

७. नकारात्मक तार्किकता
तपाइ जति धेरै माया गर्नुस् । वा ख्याल गर्नुस् तर त्यो व्यक्तिले तपाइका हरेक प्रयासहरुलाई नकारात्मक ढंगले व्याख्या अपव्याख्या गर्छ भने त्यस्ता मान्छेलाई तपाइको जीवनबाट सँधैका लागि टाढै राख्नुस् ।

८. भविष्यको साझा लक्ष्य धेरै फरक भए
दीर्घकालीन सम्बन्धको बारेमा कुरा गरिरहँदा यदि दुवै जनामा कम्तिमा न्युनतम साझा लक्ष्य हुन आवश्यक छ । यदि तपाइ मेडिटेसन सेन्टर चलाउने योजनामा हुनुहुन्छ तर आफ्नो पार्टनरले चाँहि वियरको डिलर खोल्ने सोच बनाउँछ भने यसले सम्बन्धमा तित्तता जरुर पैदा गर्दछ । गम्भीर बन्नुस् किनकी जीवनका केही साधारण कुराहरु पनि मिल्न सकेन भने अलमल र दुःखदायी बन्नेछ । यदि यस्तो स्थिति छ भने यो जालोमा नफस्नुस् । जीवनको अन्त्य त्यतिखेर हुन्छ जब हामी रुपान्तरण वा परिवर्तन स्वीकार्दैनौँ । तर आफूले आफ्नो कमी कमजोरी पहिचान गरेर त्यसलाई सुधार्ने तर्फ ध्यान लगाएर जीवनको सुनौलो क्षितिज निर्माण गर्ने हामीसँग सँधै यो विकल्प बाँकि रहेको हुन्छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist