बला’त्कारीलाई अब त फाँसीदेउ न ए सरकार
सिधै गो’लि हा’न्ने सूचना टाँसी देउन सरकार !
कति दिन सम्म गर्छौ यो नाटक नौटंकी अझै
काम नलाग्ने कानुनलाई मासिदेउ न ए सरकार !
बन्द ह’डताल गरेर गाउँ समाज बदलिन्छ भन्छौ
धनि गरिबको मुद्दा पनि गाँसिदेउ न सरकार !
चेलीबेटी सुरक्षित छैनन् बाटोघाटोमा हिन्दापनि
कु दृष्टि लाउनेको त जरै मसिदेउ न सरकार !
निर्मला भागरथी जस्ता कैयौं चेलीको बलात्कार हुन्छ आजपनि
मलम पट्टि लाउन छाडी न हासिदेउ न ए सरकार !
नारायण जोशी, हाल: भारत