चीनमा कोभिड-१९ विरूद्धको दोस्रो खोपलाई अनुमति

कोरोना भ्याक्सिन

चीनका औषधि उत्पादन तथा नियमनकारी निकायले कोभिड–१९ विरूद्धको दोस्रो खोपलाई आम प्रयोगका लागि सशर्त अनुमति प्रदान गरेको छ । चिनियाँ सिनोभ्याक कम्पनीद्वारा विकसित उक्त कोरोनाभ्याक खोपलाई प्रयोगका लागि सशर्त अनुमोदन गरिएको कम्पनीले शनिबार जानकारी गराएको छ ।

यो खोप कोरोनाभाइरसको जोखिमको उच्च जोखिममा मुख्य समूहहरूमा पहिले नै प्रयोग गरिएको छ तर शनिबारको स्वीकृतिले आम जनतामा यसको प्रयोगको लागि मार्गप्रशस्त गरेको छ । शर्तमा क्लिनिकल परीक्षणहरू सामान्य मापदण्डहरू पूरा गर्न अझै बाँकी रहेपनि आपतकालीन अवस्थामा यसलाई सर्बसाधारणका लागि प्रयोग गर्नसमेत खुला गरिएको छ ।

“ब्राजिल र टर्कीलगायतका देशहरूमा खोपको स्वदेश तथा विदेशमा भएका बहुमुखी परीक्षणपछि यसलाई आम जनतालाई प्रयोग गर्नका लागि स्वीकृति मिलेको छ यद्यपि प्रभावकारिता र सुरक्षा नतीजाहरूबाट यस खोपबारे थप अध्ययन अघि बढ्नु आवश्यक रहनेछ,” सिनोभ्याकले एक विज्ञप्ति जारी गरी बताएको छ । चीनको अर्को एक औषधि कम्पनी सिनोफार्मले यस्तै सर्तमा खोप प्रयोगका लागि डिसेम्बरमा अनुमति पाएको थियो ।

“ब्राजिललगायतका मुलुकमा भएको क्लिनिकल परीक्षणले सङ्क्रमण रोक्नको लागि खोपको करीब ५० प्रतिशत प्रभावकारीता पुष्टि भएको छ भने र सङ्क्रमणपछि चिकित्सकीय उपचारमा ८० प्रतिशत प्रभावकारिता देखिएको छ ।”

परीक्षण नतिजाले खोपको सुरक्षा र सबै उमेर समूहका व्यक्तिमा सङ्क्रमण निर्मुलिकरणमा खोप प्रभावकारी भेटिएको दावी सिनोभ्याकका अधिकारीहरूले गरेका छन् । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

3 hours ago

DeeYan Media
परदेशीलाइ दशैं हेर्नुहोस कस्तो हुन्छ !www.youtube.com/watch?v=0ve1m2P7FjQ ... See MoreSee Less
View on Facebook

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist