भागरथी भट्टको ‘भेजाइनल स्वाब’ परीक्षणका लागि काठमाडौंँ पठाइयो

भागरथी भट्ट

काठमाडौं, २६ माघ । दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बला’त्कार पछि ह’त्या गरिएको आश’ङ्का गरिएकी उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । घट’नाको प्रकृति हेर्दा बला’त्कार पछि ह’त्या भएको आश’ङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।

स्वाब परीक्षणले थप अनु’सन्धा’नका लागि सहज हुने प्रहरी प्रवक्ता जनक धाँमीले जानकारी दिए । उनले भने, “घ’टना स्थल बाट प्राप्त भएका सम्पूर्ण प्रमाण सुरक्षित राखेर थप अनु’सन्धा’नको काम भइरहेको छ ।” डिएनए परीक्षणका लागि ‘भेजाइनल स्वाब’ लगायतका नमूना सङ्कलन गरिएका हुन् ।

भागरथीको ‘भेजाइनल स्वाब’मा श’ङ्का लागेको व्यक्तिको शुक्रकिट सँग मिलेमा दोषी ठहर हुने प्रहरीले बताएको छ । स्वाब एक सहायक सामग्री भएकाले बला’त्कार गर्ने व्यक्तिको डिएनए छुटेको भए मात्रै परीक्षण बाट थाहा हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए ।

उनले भने, “शव परीक्षण रिपोर्टले कसरी मृत्यु भयो भन्ने कुराको प्रमाणित गर्छ ।” शवको परीक्षण कार्य जिल्ला अस्पतालमा शनिबार गरिएको भए पनि अझै सार्वजनिक गरिएको छैन । शव परीक्षण गरिएको भए पनि रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ । उनले भने, “रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा छ, आज प्रहरीलाई बुझाउछौँ ।”

शव परीक्षण रिपोर्ट आएपछि धेरै कुरा थाहा हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षण भएको तीन दिन सम्म पनि आफन्तले भने शव बुझ्न मानेका छैनन् । बला’त्कार पछि ह’त्या भएको र ह’त्यारा पत्ता नलाग्दा सम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताए ।

उनले भने, “वास्तविक ह’त्यारा पत्ता नलाग्दा सम्म शव बुझने कुरै हुँदैन”, माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्के पछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा विभ’त्स र निर्व’स्त्र रुपमा मृ’त अवस्थामा फेला परेकी थिइन् । भागरथी दोगडाकेदार गाउँपालिका– ३ श्रीकोट स्थित सनातन धर्म माविमा अध्ययनरत रहेकी थिइन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्