प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगे

kp oli

काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो निर्वाचन आयोग पुगेका छन् । उनी निर्वाचन तयारी र आफ्नो पार्टी नेकपा भित्रको वि’वाद लगायतका विषयमा कुराकानी गर्न आयोग पुगेका हुन् ।

प्रधानमन्त्री ओली ११ बजे आयोग पुग्ने भनिएपनि झण्डै एक घण्टा ढिलोगरी ११ः५५ बजे मात्रै आयोग कार्यालय छिरेका हुन् । यसअघि ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु भने सवा ११ बजे नै आयोग पुगेका थिए ।

आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए । लगत्तै पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाल लगायतका नेताहरू आयोग पुगेका थिए ।

ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा छन् । त्यसैले उनले आयोगले चुनावी कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखिरहेका छन् । यसै सन्दर्भमा चुनावका कार्यक्रम लगायत विषयमा ध्यानाकर्षण गराउन उनी आयोग गएको स्रोतले जनाएको छ ।

गत माघ १६ गते नेकपाका दुवै पक्षलाई आयोगले बोलाएको थियो । आयोगले बोलाएपछि प्रचण्ड–माधव नेपाल पक्ष आयोग कार्यालय पुगेर आधिकारिकता दाबी गरेका थिए । तर, प्रधानमन्त्री समेत रहेका ओली भने गएका थिएनन् । नेकपाका दुवै पक्षका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएपनि आयोगले दुवै पक्षको दाबी नपुगेको भन्दै आएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्