बच्चाले गुच्चा या सिक्का जस्ता बस्तु निलेमा के गर्ने हेर्नुहोस् यस्ता छन् केही जान्ने पर्ने कुराहरु :

बच्चा

बच्चा जन्मेपछि बुवा आमालाई धेरै जिम्मेवारी बढ्छ। हामीहरुलाई थाहा भएकै कुरा हो कि साना बच्चाहरुले जे भेट्टायो त्यहि चिज पहिला मुखमा हाल्छन उनीहरुलाई सफा र फोहोर को पनि अन्दाजा हुदैन कुन कुरा खतरनाक हुन्छ कुन चिज चलाउनु हुदैन केहि थाहा हुँदैन त्यसैले उनीहरुलाई हरेक क्षण आफ्नो निगरानीमा राख्नु पर्ने जरुरत हुन्छ।

जुन चिज देखे पनि उत्सुक हुने र चलाई हाल्ने बच्चाहरूको स्वभाब नै हो । बच्चाहरू खेल्न र चकचक गर्न नपाए रुन्छन कराउछन् तर उनीहरुलाई भुलाउन केहि चिज संग खेल्न दिंदा धेरै कुरामा ख्याल गर्नु पर्ने हुन्छ। जस्तै खेल्ने क्रममा गुच्चा, साना ब्याट्री लगायत अन्य धारिलो बस्तु उनीहरूले मुखमा हाल्न सक्ने सम्भाबना धेरै हुन्छ । त्यसरी बच्चाले केहि निली हालेमा र अझै घाटी सम्मै रहेर बच्चाले असहज महसुस गर्ने खोक्ने गरेमा ढिलो नगरी बच्चालाई टाउको तल भुइँ तिर निहुर्याएर ढाड निर पछाडिको घाटिको भाग भन्दा मुनि बिस्तारै थप्थपाउनुपर्छ निलेको बस्तु बाहिर आउन सक्छ।

bebe

यदि आएन भने र बच्चाले पुरै निली सकेको भए पनि गुच्चा गोलो प्रकृतिको हुने भएकाले र पचाउन नसकिने भएकाले पेट, आन्द्रा हुदै दिसाबाट बाहिर निस्किन्छ। तर बच्चालाइ दिसा गर्दा एकदमै गाह्रो हुन सक्छ। खानेनलीमा सिक्का अड्कियो भने तुरुन्त निकाल्नुपर्छ । पेटको भागमा बसिरहेको छ, अरु लक्षण देखाएको छैन भने ४ हप्ता कुर्न सकिन्छ । तर सिक्काको आकार ठूलो भएमा वा अन्य तिखो्धारितो बस्तु भएमा तुरुन्त निकाल्नुपर्ने हुन्छ ।

तर सिक्का आन्द्रामा पुगिसकेको भए जोखिम कम हुँदै जान्छ । सबैभन्दा खतरा भनेको बालबालिकाले ब्याट्रीहरू निल्नु हो । खेलौना र टिभीको रिमोटमा हुने साना ब्याट्री निलेमा त्यसमा भएको केमिकल बाहिर आउछ । त्यसले खानेनली फुटाउने र वरपरका अन्य अंगमा पनि असर गर्ने हुनसक्छ । ब्याट्री निलेमा सकेसम्म ४ घण्टाभित्र निकाल्ने प्रयास गर्नुपर्छ ।

कहिलेकाही बालबालिकाले एसिड निल्न सक्छ । त्यसको सामान्य असरस्वरुप बान्ता हुनसक्छ । तर अन्य असर नदेखिने भएकाले अभिभावकहरूले निको भएको ठानेर उपचार गर्दैनन् । एसिडले कालान्तरमा पनि असर देखिने भएकाले बच्चालाई ढिलो नगरी अस्पताल पुर्‍याउनुपर्छ ।

a chaque age 3 6 mois Fotolia 38846021 M 0
The baby boy bites toy block on a bed at home

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

8 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook