काठमाडौं, २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा भ्र’ष्टाचा’र नियन्त्रणका लागि प्रभावकारी रुपमा कदम चाल्न आवश्यक रहेको बताएकी छिन् । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजिक अख्तियार दु’रुपयोग अनु’सन्धा’न आयोगको ३० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्र’ष्टाचा’र नियन्त्रण प्रभावकारी रुपमा हुन सकेन भने राज्यका स्रोत दु’रुपयोग गरी समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउने हुँदा भ्र’ष्टाचा’र नियन्त्रण गर्न कडाइका साथ प्रस्तुत हुन जरुरी देखिएको बताइन् ।
भ्रष्टाचार गरी अ’कुत सम्पत्ति कमाउनेलाई कार’वाहीको दायरामा ल्याउन जरुरी रहेको उनले उल्लेख गरिन् । “मुलुकमा हुनसक्ने अव्यवस्था, बेथिति र गै’रका’नूनी विच’लनलाई समूलरुप अन्त्य गर्न सके मात्र समष्टिगत रुपमा भ्र’ष्टाचा’र न्यूनीकरण हुँदै जानेछ”, राष्ट्रपति भण्डारीले भनिन् । जननिर्वाचित सरकारले जनताका विकास र समृद्धिका आकाङ्क्षालाई प्रभावकारी ढङ्गले सम्बोधन गरी उच्चतम नागरिक उत्तरदायित्व बहन गर्दै अघि बढेको परिवेशमा भ्र’ष्टाचा’र प्रति शून्य सहनशिलता कायम गर्न सम्बद्ध सबै क्षेत्र, निकाय र समग्र समाज नै अग्रसर हुनुपर्ने उनले बताइन् ।
अख्तियारको दु’रुपयोग गरी भ्र’ष्टाचा’र गर्ने र गराउनेलाई समयमै पहिचान गरी उचित दण्ड दिनसके मात्र सुशासन कायम हुनसक्ने उनले उल्लेख गरिन् । अख्तियार दु’रुपयोग अ’नुसन्धा’न आयोगले आफ्नो प्रतिवेदन मार्फत सुझाएका सार्वजनिक हित र सरोकारका विषयको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकारले तदारुकताका साथ काम गर्ने छ भन्ने आफूले विश्वास लिएको उनको भनाइ थियो ।