भागरथी भट्टको ह’त्यारा पत्ता लगाउन माग राख्दै प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र

भागरथी भट्ट

बैतडी, २८ माघ । बला’त्कार पछि ह’त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको ह’त्यारा पत्ता लगाउन माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको छ । भागरथी भट्टको न्यायका लागि गठित सङ्घर्ष समिति र स्थानीय बासिन्दाले बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी मार्फत आज प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।

घ’टना भएको एक हप्ता भइसक्दा समेत हत्यारा सार्वजनिक नगरिनुले आश’ङ्का पैदा भएको र यथाशीघ्र ह’त्यारा पत्ता लगाई सार्वजनिक गर्न माग गरिएको छ । घ’टना सम्बन्धी विवरण सार्वजनिक गर्न र ह’त्यारालाई कार’वाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाइएको स्थानीयवासी भोजराज जोशीले जानकारी दिए ।

कञ्चनपुरकी निर्मला पन्तको जस्तै अनु’सन्धा’न फितलो नहोस् भनेर समयमै सरकारलाई जानकारी गराएको सङ्घर्ष समितिले जनाएको छ । दो’षीलाई पत्ता लगाई यथाशीघ्र सार्वजनिक नगरिए आफूहरु जस्तोसुकै आ’न्दोलनमा उत्रिने चेता’वनी समेत समितिले दिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जोशीले दो’षी छिट्टै पत्ता लाग्ने बताउनुभयो । यता दो’षी पत्ता नलाग्दा हदै सम्मको कार’वाही नहुँदा सम्म श’व नबुझ्ने भागरथीका परिवारले अडान राखेका छन् ।

चार दिन अगाडि जिल्ला अस्पतालमा परीक्षण गरिएको श’वलाई अझै बुझ्न मानेका छैनन् । माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्के पछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको जङ्गलमा विभ’त्स र नि’र्वस्त्र रुपमा मृ’त अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक