दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेदेखि कोरोना विरुद्धको खोप

corona vaccine

काठमाडौं, २९ माघ । सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेदेखि कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले फागुन २ देखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए ।

दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई जिल्लाबाटै खोप प्रदान गरिने छ । पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप मन्त्रालयको दोस्रो प्राथमिकता परेका तीन लाख व्यक्तिलाई लगाइने उनले बताए । खोप अस्पताल र स्वास्थ्य सङ्घसंस्थाबाट लगाइने भएको छ ।

उनका अनुसार जिल्ला स्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, जिल्ला स्थित पत्रकार, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सीमा सुरक्षा चौकीमा खटिएका सुरक्षाकर्मी र पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने छ ।

पहिलो चरणको पहिलो प्राथमिकतामा परेका चार लाख ३० हजारलाई लगाउने योजना भएपनि एक लाख ८४ हजारले खोप लगाएका छन् । पहिलो चरणबाट बचेको खोप पत्रकार र कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारीलाई यही माघ २६ गतेदेखि लगाउन थालिएको हो । उनीहरुलाई शुक्रबार सम्म लगाइने छ ।

कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । तीमध्ये मन्त्रालयले यही माघ १४ गतेदेखि माघ २४ गतेसम्म पहिलो चरणमा कूल जनसङ्ख्याको तीन प्रतिशतलाई खोप दिनेमध्ये पहिलो प्राथमिकतामा परेका व्यक्तिलाई मात्र खोप प्रदान गरेको थियो । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा.गौतमले दोस्रो चरणका खोप अभियान नयाँ खोप आएपछि मात्र सञ्चालन गरिने बताए । नेपालमा अहिले सम्म दुई लाख ७२ हजार ३४९ सङ्क्रमित भएका छन् । नेपालमा दुई लाख ६८ हजार ५४९ व्यक्ति निको र दुई हजार ४७ जनाको सङ्क्रमणबाट निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक