मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठ’क्कर दिँदा टेम्पो चालकको मृत्यु

दुर्घटना

सिरहा, १ फागुन । सिरहा–चोहर्वा सडक खण्ड अन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चौकमा आज प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठ’क्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ ।

प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स १ ह ३०४३ नम्बरको टेम्पोलाई ठ’क्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ निवासी ४० वर्षीय जयप्रकाश साहको मृत्यु भएको हो ।

स्कारपियो गाडी ठ’क्कर बाट ग’म्भीर घा’इते टेम्पो चालकलाई उपचारका लागि लहान स्थित अस्पताल तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठ’क्कर दिने गाडी र चालक जनकपुरधाम उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय रविन्द्र झालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक