छात्रालाई होटलमा लगेर परीक्षा लिएको आ’रोप लागेका शिक्षक जे’ल चलान

jail

पोखरा, १ फागुन । छात्रालाई होटलमा लगेर परीक्षा लिएको आ’रोप लागेका एक शिक्षक जे’ल चलान भएका छन् । छात्रालाई एक होटलमा पुर्‍याएर परीक्षा लिई ज’बरज’स्तीको समेत प्रयास गरेको अभि’योग लागेका पोखराको राष्ट्रिय माविका शिक्षक शिरिष कुमार बस्ताकोटी जे’ल चलान भएका हुन् ।

गत मंसिरमा छात्रालाई पोखरा देखि झण्डै २० किमी टाढा रुपातालको एक होटलमा पुर्‍याएर परीक्षा लिई ज’बरज’स्तीको प्रयास गरेको अभि’योग लागेका बस्ताकोटीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि जे’ल चलान गर्ने आदेश दिएको हो ।

शिक्षक बस्ताकोटीले गत मंसिर १२ गते एक छात्रालाई मौका परीक्षा होटलमा लिन मिल्ने भन्दै मोटरसाइकलको पछाडि राखेर रुपाातालको एक होटलमा पुर्‍याएका थिए । विद्यालयमा लिनु पर्ने मौका परीक्षा होटलमा लिएको बारे २ महिना पछि मात्र खुलासा भएको थियो ।

बस्ताकोटी बिहीबार जे’ल चलान भएका हुन् भने परीक्षा अमर्या’दित बनाएको आ’रोप लागेका अरु ३ जना ध’रौटीमा छुटेका छन् । कक्षा ११ की छात्रालाई ऐच्छिक अंग्रेजी विषयको परीक्षा लिन शिक्षक बस्ताकोटीले मंसिर १२ गते रुपाताल किनारको एक होटलमा लगेका थिए ।

परीक्षा होटलको कोठामा लिई बियर मासु समेत खाएर छात्रा माथि ज’बरज’स्तीको प्रयास गरेको आ’रोप शिक्षक बस्ताकोटीलाई थियो । उक्त मु’द्दामा जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले बस्ताकोटाीलाई थप अनु’सन्धा’नका लागि कारागारमा राख्ने आदेश गरेको अदालतका सूचना अधिकारी नील पनेरुले जानकारी दिए ।

शिक्षक बस्ताकोटीले अदालती बयानमा आफू माथिको आ’रोप झुठो भएको बयान दिएका थिए । बस्ताकोटीले विद्यालयका शिक्षक एवं सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मीले ती छात्रालाई जसरी पनि पास गराइदिनुपर्ने भन्दै रेस्टुरेन्टमा लगेर परीक्षा दिने वातावरण बनाउन अह्राएको पनि उनको बयान थियो ।

उक्त परीक्षा अमर्या’दित बनाएको आ’रोप विद्यालयका प्र.अ सूर्य तिवारी, शिक्षक घनश्याम रेग्मी र विद्यार्थीलाई समेत थियो । अदालतले परीक्षा अमर्या’दित बनाएको अभियोगको मु’द्दामा शिक्षक बस्ताकोटी र सहायक केन्द्राध्यक्ष रेग्मी सँग जनही ७५/७५ हजार, प्र.अ तिवारी सँग ५० हजार, विद्यार्थी सँग ५० हजार ध’रौटी मागेको थियो । बस्ताकोटी बाहेक अरु सबैजना ध’रौटी तिरेर छुटेका छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्