‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालनमा

चिकित्सक

बैतडी , १ फागुन । कोरोना कहरका कारण स्थगित भएको ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालनमा आएको छ । निःशुल्क रुपमा गाउँघरमै चिकित्सकीय सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

हाल सम्म जिल्लाका तीन स्थानीय तहमा उक्त कार्यक्रम सम्पन्न भइसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए । मेलौली नगरपालिका सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको छ ।

उनले भने, “प्रत्येक स्थानीय तहमा दुई दिने शिविर सञ्चालन गरेर सेवा दिन्छौँ ।” तीनवटै स्थानीय तहमा गरेर एक हजार ६०० लाई सेवा प्रदान गरिएको जिल्ला अस्पतालले जनाएको छ । शिविरमा जनरल ओपीडी, अल्ट्रासाउण्ड, प्रयोगशाला, परिवार नियोजन, दन्त, अपाङ्गता परिचयपत्रका लागि सिफारिस, औषधि वितरण लगायतका सेवा प्रदान गरिँदै आएका छन् ।

ग्रामीण क्षेत्रका नागरिकलाई गाउँघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो । जिल्ला अस्पतालमा पुग्न सहज नभएका पालिकाका नागरिकलाई गाउँघरमै चिकित्सक पुगेर सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको डा जोशीले बताए ।

चालु आर्थिक वर्षमा जिल्लाका पाँचवटा दुर्गम पालिकामा शिविर सञ्चालन गरेर विभिन्न सेवा एकीकृत रुपमा दिने लक्ष्य रहेको जिल्ला अस्पतालले जनाएको छ । प्रदेश सरकारको कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालयको आयोजनाका शिविर सञ्चालन भइरहेको हो ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्