भागरथी भट्टको न्यायको माग गर्दै नेविसङ्घको वि’रोध प्रदर्शन

भागरथी भट्ट

काठमाडौं, २ फागुन । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै वि’रोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीय किशोरी भट्टको बला’त्कारपछि हत्या गरिएको भन्दै ह’त्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै पद्यकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि र्‍याली तथा कोणसभा गरेको हो ।

कोण सभामा नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सरकारले भट्टको ह’त्यारालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनु पर्ने बताए । नेपाल महिला सङ्घकी महासचिव एवं पूर्व राष्ट्रियसभा सदस्य धना खतिवडाले देशमा महिला माथि दिनानुदिन हुने बला’त्कार र ह’त्याको दुःखद घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खब’रदारी गर्नु पर्ने अवस्था आएको बताए ।

भागरथी भट्ट लगायत आज सम्म बला’त्कार र ह’त्यामा परेका नेपाली चेलीको न्यायका निम्ति नेविसङ्घले निरन्तर खब’रदारी गर्ने सङ्घका महामन्त्री दिपक भट्टराईले जानकारी दिए । पद्ममकन्या क्याम्पस बाट शुरु भएको वि’रोध र्‍याली पुतलीसडक घुमेर पुन पद्ममकन्या क्याम्पसमा आई कोण सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक