काठमाडौं, २ फागुन । संसद वि’घटन विरुद्ध आ’न्दोलनरत नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ५ देखि १५ गते सम्मको आ’न्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
उद्देश्य पूरा नभए सम्म आ’न्दोलन जारी रहने पत्रकार सम्मेलनमा नेताहरुले बताए । प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधि सभा वि’घटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपाको दाहाल–नेपाल समूह आ’न्दोलित छ । आ’न्दोलनका लागि केन्द्रीय संघर्ष समिति गठन गरेको उक्त समूहले एक दिन आम ह’डताल पनि गरिसकेको छ ।
यस्ता छन् चौथो चरणको कार्यक्रम :-
- फागुन ५ देखि १२ गतेसम्म जिल्लास्तरीय सभा
- ६ गते काठमाडौंको टुँडीखेल वरिपरि मानव साङ्लो अपरान्ह ४ देखि ५ बजेसम्म
- ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडास्तरमा विरोध कार्यक्रम
- ७ देखि १५ गतेसम्म सार्वजनिक स्तरमा हस्ताक्षर अभियान वडा तहसम्म
- ८ गते काठमाडौंमा वृहत् अन्तरक्रिया
- ९ गते देशव्यापी रुपमा महिलाको विरोध कार्यक्रम
- १० गते काठमाडौं र प्रत्येक जिल्लामा दलित मोर्चाको कार्यक्रम
- ११ गते मधशी, आदिवासी, पिछडा वर्ग आदिको संस्कृति झल्किने प्रदर्शन
- १२ गते चितवनमा वृहत् सभा
- १४ गते काठमाडौैंमा युवा र्याली
- १५ गते काठमाडौंमा कसान तथा सुकुम्बासीको र्याली
- २१ गते दाङमा वृहत् सभा