जब गुजरातका मुख्यमन्त्री भाषण गर्दागर्दै मञ्चमै बेहोस भएर ढलेपछि…

गुजरातका मुख्यमन्त्री

भारतको गुजरातका मुख्यमन्त्री विजय रुपाणी मञ्चमा भाषण गरिरहेका बेला बेहोस भएर ढलेका छन् । मुख्यमन्त्री रुपाणी आइतबार भाषण गर्दागर्दै बहोस भएर ढलेका हुन् । उनी त्यसबलो चुनावी प्रचारका क्रममा गुजरातको बडोदराको निजामपुरा पुगेका थिए । त्यहाँ आयोजित सभामा मन्तव्य राख्दा राख्दै मुख्यमन्त्री रुपाणी चक्कर लागेर ढलेका थिए ।

मुख्यमन्त्री मञ्चमै ढलेपछि कार्यक्रम रद्द गरिएको छ । उनी ढलेलगत्तै चिकित्सकहरुले मञ्चमै प्राथमिक उपचार गरेका थिए । प्राथमिक उपचारपछि उनी आफैं सिँढीबाट तल ओर्लिएका थिए । आइतबार यो सभा मुख्यमन्त्री रुपाणी सहभागी तेश्रो सभा थियो । उक्त मञ्चमा सम्बोधन गर्नुअघि उनले तर्सली र करेलीबागमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।

चिकित्सकहरुका अनुसार रुपाणीको स्वास्थ्यअवस्था अहिले ठिक छ । बल्ड प्रेसर कम भएर उनी ढलेको चिकित्सकहरुको भनाई छ । उपचारपछि उनी अहमदावादका लागि प्रस्थान गरेका छन् । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्