सामाजिक सञ्जाल व्यवस्थापनको नाममा सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्दै छ : कांग्रेस

कांग्रेस

काठमाडौं, ३ फागुन । सामाजिक सञ्जाल व्यवस्थापनको नाममा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको कांग्रेसले आ’रोप लगाएको छ । सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ ल्याउन खोजेपछि कांग्रेसले वि’रोध जनाउँदै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आ’रोप लगाएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार अपिल जारी गर्दै भनेका छन्, ‘सरकारले व्यापक वि’रोधका बाबजुद ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’का नाममा संसद्मा विचाराधीन वि’वादस्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युताउन लागेकोमा नेपाली कांग्रेस ग’म्भीर आप’त्ति प्रकट गर्दछ।’

विज्ञप्‍तिमा भनिएको छ, ‘सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमति हुन सक्दैन तर त्यसका लागि विद्यमान कानून भित्रै आवश्यक प्रावधान छँदैछन् । थप ब्यवस्था आवश्यक छ भने पनि वृहत्तर विमर्श बेगर, संसद वि’घटन भएको समयमा निर्देशिका मार्फत जारी गर्न तर्फ लाग्नुले सरकारको नियत माथि ग’म्भीर प्रश्न उब्जिएको छ ।’

सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका ल्याउन खोज्ने सरकारको तयारीलाई कांग्रेसले अधिनायकवाद तर्फको अर्को कदम भनेको छ । ‘सामाजिक सञ्जालमा व्यक्त मतलाई सरकारी आवेगले कारबाहीको दायरमा बाध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्को तयारी हो,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले यसका वि’रुद्धमा उभिन पनि अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई आह्वान गरेको छ । त्यस्तै, युवा पुस्तालाई सजग हुन अपिल गरेको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्