कोभिड भ्याक्सिन लगाएका कारण पेरुकी विदेशमन्त्रीले दिनुपर्यो राजीनामा

Peru's foreign minister resigns

पेरुकी विदेशमन्त्री एलिजाबेथ एस्टेटले कोभिड भ्याक्सिन लगाएका कारण राजीनामा दिनुपरेको छ । उनले देशमा सरकारी खोप अभियान सुरु हुनु अघि र क्लिनिकल ट्रायल बाहिर कोरोनाको खोप लगाएको आइतबार स्विकार गरिन् । एलिजाबेथका अनुसार उनले जनवरीमा चिनियाँ कम्पनी सिनोफार्माको भ्याक्सिन लगाएकी थिइन् ।

यसको अघिल्लो दिन राष्ट्रपति फ्रानसिस्को सागस्तीले स्वास्थ्य मन्त्री पिलार माजेटीको राजीनामा स्विकारेका थिए । माजेटीले आफ्नो राजीनामा त्यतिबेला दिए जब पूर्व राष्ट्रपति मार्टिन विजकाराको समय अगावै भ्याक्सिन लगाएको भन्दै विवाद निम्तिएको थियो ।

मार्टिन विजकाराले नोभेम्बरमा भ्र’ष्टाच’राको आ’रोपका कारण आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो । ताजा भ्याक्सिन विवादमा उनले भनेका छन्, ‘खोप लगाउनका लागि मैले कुनै लाइन तोडेको छैन । मैले ट्रायलमा समावेश भएर खोप लगाएको हुँ ।’

यद्यपि, स्थानीय मिडियाले उनको यो दाबीमाथि प्रश्न उठाएका छन् । एलिजाबेथ एस्टेटेले अघिल्लो वर्ष नोभेम्बरमा विदेशमन्त्रीको पद सम्हालेकी थिइन् । उनले राजिनामा दिएपछि भनिन्, ‘मैले २२ जनवरीमा खोप लगाएको थिएँ । यो खोप मैले पेरुको एक युनिभर्सिटीको प्रस्तावमा लगाएको हुँ जुन पेरुमा चिनियाँ कम्पनी सिनोफार्माको ट्रायलको इन्चार्ज हो । यो खोप बाँकी भएको खोपबाट लगाएको थिएँ ।’

उनले ट्वीटरमा लेखिन्, ‘मलाई थाहा छ कि मैले ठूलो गल्ती गरेको छु । त्यसैले मैले भ्याक्सिनको दोस्रो डोज लिएको छैन । तर यो गल्तीका लागि मैले राजीनामा दिएको छु ।’ पेरुको सरकारले जनवरी २०२१ को सुरुवातमा सिनोफार्मा मार्फत् कोभिड भ्याक्सिनका करिब तीन करोड ८० लाख डोज खरिद गर्ने घोषणा गरेको थियो ।

एक हप्ता अघि पेरुले सिनोफार्मा बाट तीन लाख डोज पाएको छ र यसै हप्ता मंगलबार पेरुमा आधिकारिक रुपमा खोप अभियान सुरु भएको छ । सरकारी डाटा अनुसार पेरुमा कोभिड–१९ का कारण करिब ४४ हजारको मृत्यु भइसकेको छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्