नक्कली डाक्टर बनेर सिफारिस गर्ने एक व्यक्ति पक्राउ

प'क्राउ

काठमाडौं, ३ फागुन । डाक्टरले लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि नक्कली डाक्टर बनेर सिफारिस गर्ने एक व्यक्ति पक्राउ परेका छन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–८ घर भई काठमाडौं बस्ने ३६ वर्षीय जितेन्द्र पन्थीलाई केन्द्रीय अ’नुस’न्धान ब्यूरो (सिआइबी)ले आइतबार पक्राउ गरेको हो ।

नेपाल मेडिकल काउन्सिल बाट डाक्टरको स्थायी दर्ता प्रमाणपत्र लिँदा काउन्सिलमा दर्ता भएका चिकित्कसले दस्तखत गरी सिफारिस लिनुपर्ने प्रक्रिया छ । पन्थीले डाक्टर कृष्ण रिजालले स्थायी दर्ता प्रमाणपत्रका लागि भरेको फारममा गत असोज ६ गते डा.जितेन्द्र पन्थी लेखेर हस्ताक्षर गरेको खुलेको ब्यूरोका प्रवक्ता एसपी गंगा पन्तले जानकारी दिइन् ।

पन्थीले नक्कली डाक्टर बनेर हस्ताक्षर सहित मेडिकल काउन्सिलको दर्ता नम्बर २३६४ लेखेर सिफारिस गरेको खुलेको ब्यूरोले जनाएको छ । नेपाल मेडिकल काउन्सिल बाट लाईसेन्स प्राप्त नै नगरी डाक्टर भनि सहिछाप गरेकोले पन्थी वि’रुद्ध लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदा’लतबाट म्याद लिई अनु’स’न्धान भइरहेको ब्यूरोले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक