स्ट्यान्डअप कमेडियन हुनु र प्रधानमन्त्री बन्नुमा फरक छ : मिलन पाण्डे

मिलन पाण्डे

काठमाडौँ, ४ फागुन । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली राज्य सञ्चालन र नागरिकको अपेक्षा र आवश्यकता पूरा गर्न तीन वर्षमा असफल भएको टिप्पणी गरेका छन् ।

पार्टीले प्रतिनिधिसभा वि’घटन विरुद्ध रत्नपार्क शान्ति वाटिकामा मंगलबार देखि सुरु गरेको १० दिने प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक पाण्डेले सरकार गठन गरेको तीन वर्षमा ओलीले पटक पटक चिट चोर्दा, सेन्टर कब्जा गर्दा र आफै कापी जाँच्दा समेत पूर्णतः असफल भएको जिकिर गरे ।

पाण्डेले प्रधानमन्त्री ओलीलाई स्ट्यान्डअप कमेडियन हुनु र प्रधानमन्त्री बन्नुमा फरक रहेको भन्दै व्यंग्य गरे । हजुरबुबाले ल्याएको प्रजातन्त्र, बाले ल्याएको लोकतन्त्र अनि काकाले ल्याएको गणतन्त्र जोगाउन आफ्नो पुस्ता र आफ्नो पार्टी सक्षम रहेको कुरा पनि पाण्डेले प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक