नेपाल टेलिकमले सुरु गर्यो ‘एनटी च्याटबोट’ सेवा

‘एनटी च्याटबोट’ सेवा

काठमाडौं, ४ फागुन । नेपालका पहिलो एवं पूरानो टेलिकम नेपाल टेलिकमले ‘एनटी च्याटबोट’ सेवा सञ्चालन गरेको छ । टेलिकमका विभिन्न सेवा तथा सेवा प्रदान गर्ने विधिको बारेमा स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको वेबसाइट खोल्ने बित्तिकै पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्छ । त्यहाँ निड हेल्प ? वेलकम टु एनटी च्याटबोट लेखिएको छ । यसमा कम्पनीका विभिन्न सेवाहरूको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनोट गर्न तथा नेपाली/अंग्रेजी भाषा छनोट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिन्छ ।

च्याटबोटमा फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेजका बारेमा जानकारी प्राप्त गर्न सकिने कम्पनीका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

साथै च्याटबोट मार्फत विभिन्न सेवाहरूका बारेमा सुझाव र गुनासो समेत गर्न सकिनेछ । गुनासोको सम्बोधन च्याटबोट मार्फत स्वचालित रूपमा हुन नसके कम्पनीको सम्बन्धित विभाग वा पदाधिकारीले व्यवस्थापन गरिने प्रवक्ता जोशीको भनाइ छ । माघ २२ गते कम्पनीको १७औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ‘एनटी च्याटबोट’ सेवाको शुभारम्भ गरेका थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक