नेपालका फोटोग्राफर खिम लामिछाने ‘काजी’ विश्व स्तरीय फोटोग्राफी प्रतियोगिताको उत्कृष्ट ५ मा

khem lamichhane kaji

पोखर, ५ फाल्गुन । पोखराका फोटोग्राफर खिम लामिछाने ‘काजी’ विश्व स्तरीय फोटोग्राफी प्रतियोगिताको उत्कृष्ट ५ मा पर्न सफल भएका छन् । युरोडिस (युरोपियन अर्गनाइजेसन फर रेयर डिजिज) द्वारा आयोजित उक्त प्रतियोगितामा ३० देशका २०७३ फोटोहरु सहभागी थिए । अमेरिकी प्रख्यात फोटो पत्रकार तथा फोटोग्राफर मार्कस व्लीसडेल र उनको टीमद्वारा अन्तिम उत्कृट ५ को छनौट गरिएको हो ।

दुर्लभ रोग लागेर जीवन बिताइरहेका व्यक्तिहरुको दैनिक जीवनमा आधारित बिदामा लामिछाने उक्त फोटो प्रतियोगितामा आफुले खिचेको फोटो पठाएका थिए । युरोडिस हरेक बर्ष बिबिध विधाहरुमा फोटो प्रतियोगिता गर्दै आइरहेको छ । यसै बर्ष २०२१ मा योंग प्यासेन्ट एढभोकेट अवार्ड, रिटन मेडिया अवार्ड र भिजुएल एण्ड अडियो मेडिया अवार्ड, लिडरसिप अवार्ड लगाएत थुप्रै प्रतियोगिता गरिरहेको छ । जसमा विभिन्न देशका प्रतियोगीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । युरोडिस ब्लाक पर्ल अवार्ड २०२१ को यो १०औ सस्करण हो ।

लामिछानेको फोटो संगै अन्य आइसल्याण्ड, स्लोभाकिया, संयुक्त राज्य अमेरिका र अष्ट्रियाका फोटोग्राफरहरु अन्तिम ५ को प्रतिस्पर्धामा छन् । उत्कृस्ट अन्तिम ५ फोटोहरु पब्लिक भोटको आधारमा निर्यण गराउनुको उदेश्य फोटोग्राफीको माध्याम द्वारा दुर्लभ रोगहरुको बारेमा जनचेतना फैलाउन सहयोग हुने भन्ने कुरा युरोडिसको वेबसाइटमा उल्लेख गरिएको छ ।

लामिछानेले आफ्नै छोरा अनिमेष लामिछानेको फोटो खिचेका हुन् । जस्ललाइ सजिलै हाड भाचिने ओस्टियोजेजेसिस इम्पेर्फेक्टा नामको दुर्लभ रोग लागेको छ । उनको हाल सम्म ४० भन्दा बढी पटक हाड भाँचिएको छ । अनिमेषको खुट्टा भाचिएर व्हील चयेरमा उनकी आमाले स्कुल लैजाँदै गरेको फोटो खिचिएको छ । फोटोको पछाडीको देखिएको भित्तामा स्कुल एरिया ड्राइभ स्लो, नो हर्न प्लिज र कक्षा कोठामा शिक्षिकाले पढाइ रहेको देख्न सकिन्छ ।

लामिछानेका अनुसार उक्त फोटोले प्रतियोगिताको उदेश्य बोकेको भएकोले त्यहि नै फोटो प्रतियोगिताको लागि पठाएको बताएका छन् । रोग लागे पनि विद्यालय जाने, उनीहरुको इच्छा अनुसारको कार्य गर्न अभिभावकले सहयोग गर्नु पर्ने सन्देश दिने गरी आफूले फोटो खिचेको लामिछानेल बताए । फोटोले सकारात्मक संदेश फैलाउन सहयोग गरेको देख्न सकिन्छ ।

लामिछानेले उदेश्य अनुरूपको फोटो भएकोले नै उत्कृट ५ मा पर्न सफल भएको मान्दछन् । उनले राष्ट्रिय तथा स्थानीय रुपमा हुने गरेका अन्य फोटोग्राफी अवार्ड समेत जितेका छन् । सामाजिक सेवामा समर्पित लामिछानेले भोलेन्टियर रुपमा थुर्पै संघ सस्थाका कार्यक्रमहरुको फोटो खिच्ने गरेका छन् । फोटोग्राफी प्रतिको लगाबले गर्दा नै यो सफलता हात परेको कुरा उनि सुनाउछन ।

३१ जनवरीमा सुरु भएको प्रतियोगिताको उत्कृष्ट ५ को घोषणा ११ फेब्रअरीमा गरिएको थियो । उनको फोटोको शीर्षक IO Can दिइएको छ । फेब्रुअरी २४ को साँझ लाइभ कार्यक्रम मार्फत अवार्ड सेरमोनी गरिने छ र उत्कृस्ट पहिलो, दोश्रो र तेश्रो भोटको आधारमा निर्णायक नतिजा घोसणा गरिने छ ।

लामिछानेको फोटोलाइ भोट गर्न यहाँ क्लिक गर्नु होला :-

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्