भागरथी भट्टको बला’त्कार र ह’त्यामा संलग्न अभियु’क्तलाई सार्वजनिक गरिंदै

भागरथी भट्ट

बैतडी, ५ फागुन । बला’त्कार पछि ह’त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बला’त्कार र ह’त्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भट्टलाई अभियु’क्तका रुपमा आज सार्वजनिक गर्दैछ ।

प्रहरी स्रोतका अनुसार प्रहरीको प्रारम्भिक अनु’सन्धा’नमा उक्त छात्रले अभियो’ग स्वीकार गरेका छन । पक्राउ परेका भट्टले ब’दला लिन भागरथीको बला’त्कार पछि ह’त्या गरेको प्रहरीलाई बताएका छन । भट्टले घटनामा संलग्नता स्वीकार्दै साबिती बयान दिएको भन्दै बैतडी प्रहरी स्रोतले भन्यो, ‘बदला लिन यस्तो गरेँ भनेका छन् ।’

दिनेश सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत थिए भने भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन । माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी उनको बला’त्कार पछि ह’त्या भएको अवस्थामा भोलिपल्ट श’व भेटिएको थियो । दार्चुला बाट बैतडी जाने बाटो बाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल उनको श’व भेटिएको थियो ।

त्यस्तै, प्रहरीले घ’टनामा संलग्न हुनसक्ने आशं’कामा कञ्चनपुरबाट एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको थियो । घ’टनामा उनी संलग्न भएको हुनसक्ने आधारहरु देखिएको प्रहरीको दाबी थियो । तर, उनले घ’टनामा आफ्नो संलग्नता अस्वीकार गर्दै डीएनए परीक्षण गर्न चुनौति दिएका थिए । त्यही कारण थप प्रमाण खोज्न जुटेको प्रहरीले आज भट्टलाई अभियु’क्तका रुपमा सार्वजनिक गर्दैछ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्