फागुन २३ गते देखि ६० वर्ष माथिका नागरिकलाई खोप दिइने

corona vaccine

काठमाडौं, ५ फागुन । कोभिड-१९ वि’रुद्धको दोस्रो चरण अन्तर्गतको पहिलो लट खोप ६० वर्ष माथिका नागरिकले पाउने भएका छन् । सरकारले फागुन २३ गते देखि ६० वर्ष माथिका नागरिकलाई खोप दिने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले २३ फागुन देखि ६० वर्ष माथिका नागरिकलाई कोभिड १९ वि’रुद्धको खोप दिने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबार कोरोना अध्यावधिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

मन्त्रालयको तथ्यांकमा ६० वर्ष माथिका खोप लिने नागरिक करिब २७ लाख छन् । यो वर्गलाई खोप दिन उमेर खुल्ने परिचय पत्रलाई आधार मानिने मन्त्रालयले जनाएको छ । माघ १४ गतेदेखि सञ्चालन भएको कोभिड खोप अभियान अन्तर्गत फागुन ४ गते मंगलबारसम्म दुई लाख ६३ हजार चार सय ८६ जनाले खोप लगाएको गौतमले बताए। ‘यी सबैमा केही जटिल समस्या देखिएको छैन,’उनले भने,‘खोप सुरक्षित रहेकाले नहिच्किचाइ खोप लगाउन अनुरोध गर्दछौँ।’

उनका अनुसार प्रदेश १ मा ७२ प्रतिशत, प्रदेश २ मा ८४ प्रतिशत, बागमती प्रदेशमा ८४ प्रतिशत, लुम्बिनी प्रदेशमा ८४ प्रतिशत, गण्डकी प्रदेशमा ७० प्रतिशत, कर्णाली प्रदेशमा ७२ र सुदुरपश्चिम प्रदेशमा ९१ प्रतिशतले खोप लगाएका छन्।

माघ १४ गतेदेखि पत्रकार,स्वास्थ्यकर्मी,भन्सारमा कार्यरत कर्मचारीलगायतले खोप लगाएका थिए। भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप अहिले प्रयाेग भइरहेकाे छ। सरकारले भारतसँगै थप २० लाख डोज खोप ४ डलर दरमा खरिद गर्ने निर्णय गरेकाे छ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्