भागरथीको ह’त्या का’ण्ड : श’व बुझ्न अस्वीकार, दिनेशको साविती बयान पुष्टि गर्नुपर्ने माग

भागरथी भट्ट

बैतडी, ५ फागुन । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बला’त्कार पछि ह’त्या गरेको अभि’योगमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले अभि’युक्तलाई सार्वजनिक गरेपनि परिवारले भागरथीको श’व भने अझै बुझेका छैनन् । भागरथीको श’व १५ दिनदेखि जिल्ला अस्पताल बैतडीको श’व गृहमा राखिएको छ । ह’त्यारा पत्ता नलागी श’व नबुझ्ने अडानमा रहेका पी’डित परिवार प्रहरीले अभि’युक्त सार्वजजिक गरे पनि ऊ एक्लैले ह’त्या गर्न नसक्ने प्रतिक्रिया दिएका छन् ।

भागरथीका परिवारले अभि’युक्तको साविती ब’यानलाई पुष्टि नगरुन्जेल श’व नबुझ्ने अडान राखेका छन् । भागरथीका आफन्त शिवराज भट्टले प्रहरीले अभि’युक्त सार्वजनिक गरेपनि उसले नै ह’त्या गरेको हो भन्ने तथ्य पुष्टि नभएको बताए । उनले भने, ‘प्रहरीले खालि एक युवकलाई सार्वजनिक गरेको छ, तर उसैले नै ह’त्या गरेको हो भन्ने तथ्य प्रमाण केही छैन, एक्लैले ह’त्या गर्‍यो भनेर कसरी पत्याउने ?’

उनले पोष्टमार्टम रिपोर्ट र प्रहरिको कुरामा तालमेल नमिलेको बताउँदै भने, ‘प्रहरीले साविती बयानमा भागरथीको ह’त्या गरेको दिनेशले स्वीकारेको भनेको छ । बला’त्कार गरेको विषयमा अस्वीकार गरेको भनेर प्रहरी नै भन्छन्, फेरि पोष्टमार्टममा बला’त्कार पछि ह’त्या भनिएको थियो । यसले हामीलाई के भन्ने के नभन्ने भन्ने विषयमा अन्योल बनाइदिएको छ । त्यसैले प्रहरीले दिनेशको साविती बयानलाई पुष्टि हुने आधार हामीलाई नदिएसम्म श’व नबुझ्ने पक्षमा छौं ।’

उनले थपे, ‘फेरि आफ्नै भाइ नाता पर्ने आफ्नै छिमेकको मान्छेले यस्तो सम्म जघ’न्य घ’टना गर्न सक्छ भन्नेमा हामी विस्वस्त छैनौं । ह’त्या गरेको होला भनेर विश्वास गर्न सकिन्छ तर प्रहरीले साविती बयान पुष्टि गर्नुपर्‍यो ।’

भट्टले भने, ‘अरु पनि संलग्न हुन सक्छन्, अथवा नहुन सक्छन् तर प्रहरीले सार्वजनिक गरेका व्यक्तिले नै ह’त्या गरेको तथ्य प्रमाण बाहिर आउनु पर्‍यो ।’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नारायण प्रसाद अधिकारीले भने अहिले श’व बुझाउने प्रकृया अगाडि बढाएको बताएका छन् । उनले भने, ‘अभि’युक्त सार्वजनिक गरिसकेका छौँ, अब पी’डित परिवारलाई श’व बुझाउने प्रकृया अगाडि बढाएका छौँ, सम्भवतः आज नै पी’डित परिवारले श’व बुझ्नुहुन्छ।’

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक