बैतडी, ५ फागुन । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बला’त्कार पछि ह’त्या गरेको अभि’योगमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले अभि’युक्तलाई सार्वजनिक गरेपनि परिवारले भागरथीको श’व भने अझै बुझेका छैनन् । भागरथीको श’व १५ दिनदेखि जिल्ला अस्पताल बैतडीको श’व गृहमा राखिएको छ । ह’त्यारा पत्ता नलागी श’व नबुझ्ने अडानमा रहेका पी’डित परिवार प्रहरीले अभि’युक्त सार्वजजिक गरे पनि ऊ एक्लैले ह’त्या गर्न नसक्ने प्रतिक्रिया दिएका छन् ।
भागरथीका परिवारले अभि’युक्तको साविती ब’यानलाई पुष्टि नगरुन्जेल श’व नबुझ्ने अडान राखेका छन् । “घटना भएको दिन दिनेश चार बजे घाम छँदै घर आएको हो । उसलाई मैले मेरी छोरी आइनन् भनेर सोधेकी हुँ, उसले देखेन भन्यो । आज उ नदेखेको मान्छे मैले गरेको हुँ भन्दैछ । उ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ । बाजे–बाजे भाइ हुन् । छोरी जेठी हो, ऊ कान्छो हो । ऊ भन्दा छोरी ठूली थिई । एक्लैले कसरी मा’र्यो भागरथीलाई मैले धकेलेर मा’रेको हुँ भनिरहेको छ रे,’ भागरथीकी आमा द्रोपतीले भनिन् ।
हिजो सम्म सामूहिक बला’त्कार भन्ने, आज आएर त्यो सानो बच्चाले गरेको हो भन्ने यो ह’त्यारा लुकाउने खेल भएकोे द्रोपतीको भनाइ छ । द्रोपतीले छोरी भागरथीले न्याय नपाउँदा सम्म श’व नबुझ्ने पनि बताएकी छन् । “जहिले सम्म मेरो छोरीले न्याय पाउँदिन । तब सम्म म श’व पनि बुझ्दिन । अब मेरी छोरीले न्याय पाउँदिन भन्नेमा म ढुक्क छु । न्याय नपाएपछि मैले बाच्नुको अर्थ छैन । म पुलिस चौकी अगाडि गएर म’र्दिन्छु,’ उनले भनिन् ।
भागरथीका आफन्त शिवराज भट्टले प्रहरीले अभि’युक्त सार्वजनिक गरेपनि उसले नै ह’त्या गरेको हो भन्ने तथ्य पुष्टि नभएको बताए । उनले भने, ‘प्रहरीले खालि एक युवकलाई सार्वजनिक गरेको छ, तर उसैले नै ह’त्या गरेको हो भन्ने तथ्य प्रमाण केही छैन, एक्लैले ह’त्या गर्यो भनेर कसरी पत्याउने ?’
उनले पोष्टमार्टम रिपोर्ट र प्रहरिको कुरामा तालमेल नमिलेको बताउँदै भने, ‘प्रहरीले साविती बयानमा भागरथीको ह’त्या गरेको दिनेशले स्वीकारेको भनेको छ । बला’त्कार गरेको विषयमा अस्वीकार गरेको भनेर प्रहरी नै भन्छन्, फेरि पोष्टमार्टममा बला’त्कार पछि ह’त्या भनिएको थियो । यसले हामीलाई के भन्ने के नभन्ने भन्ने विषयमा अन्योल बनाइदिएको छ । त्यसैले प्रहरीले दिनेशको साविती बयानलाई पुष्टि हुने आधार हामीलाई नदिएसम्म श’व नबुझ्ने पक्षमा छौं ।’
उनले थपे, ‘फेरि आफ्नै भाइ नाता पर्ने आफ्नै छिमेकको मान्छेले यस्तो सम्म जघ’न्य घ’टना गर्न सक्छ भन्नेमा हामी विस्वस्त छैनौं । ह’त्या गरेको होला भनेर विश्वास गर्न सकिन्छ तर प्रहरीले साविती बयान पुष्टि गर्नुपर्यो ।’ भट्टले भने, ‘अरु पनि संलग्न हुन सक्छन्, अथवा नहुन सक्छन् तर प्रहरीले सार्वजनिक गरेका व्यक्तिले नै ह’त्या गरेको तथ्य प्रमाण बाहिर आउनु पर्यो ।’
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नारायण प्रसाद अधिकारीले भने अहिले श’व बुझाउने प्रकृया अगाडि बढाएको बताएका छन् । उनले भने, ‘अभि’युक्त सार्वजनिक गरिसकेका छौँ, अब पी’डित परिवारलाई श’व बुझाउने प्रकृया अगाडि बढाएका छौँ, सम्भवतः आज नै पी’डित परिवारले श’व बुझ्नुहुन्छ।’