काठमाडौं, ६ फागुन । मोरङको जहदा गाउँपालिका- १ मा एक साताअघि बला’त्कृत भएकी १४ वर्षीया बालिको अभि’युक्त प्रहरीले अझैं पक्राउ गर्न सकेको छैन । अभि’युक्तको पहिचान भइसके पनि भारतमा लुकेर बसेकाले प्रहरीलाई पक्राउ गर्न समस्या भएको छ ।
माघ २६ गते राति करिब ९ बजेतिर घर बाट नै मोटरसाइकलमा हालेर लगेका दुई युवाले बला’त्कार गरेको खुलेको थियो । भोलिपल्ट प्रहरीमा उजु’री परेपछि प्रहरीले घ’टनाको अनु’सन्धा’न गरेको थियो । उनीहरूले मोटरसाइकलमा हालेर केही पर लगेर बला’त्कार गरेको प्रहरीको अनु’सन्धा’नमा देखिएको छ ।
प्रहरीले अभि’युक्तलाई पक्राउ गर्नका लागि समन्वय गरिरहेको बताएको छ । प्रहरीले उनीहरूले प्रयोग गरेको को २ प १९१६ नम्बरको मोटरसाइकल समेत फेला पारेको छ । उनीहरूले राति बालिकालाई घरबाट लगेर बला’त्कार गरेपछि घर नजिकै छोडेर भागेका थिए ।