भारत सरकारले नेपालमा ६ वटा विद्यालय निर्माण गरिदिने

school

काठमाडौं, ६ फागुन । भारत सरकारले नेपालमा ६ वटा विद्यालय निर्माण गरिदिने भएको छ । ५१ करोड ८ लाखको लागतमा भारत सरकारले ६ वटा माध्यमिक विद्यालय निमार्ण गर्ने सम्झैता भएको हो ।

भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बीच को सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै भारत सरकारले काठमाडौं र काभ्रेका ६ बटा विद्यालय निमार्ण गर्ने छ ।

६ वटा विद्यालय मध्ये कान्ति भैरव माध्यमिक विद्यालय, चम्पादेवी माध्यमिक विद्यालय, धापासी माध्यमिक विद्यालय, विष्णुदेवी माध्यमिक विद्यालय काठमाडौं जिल्लामा पर्छन् भने बाँकी दुईवटा सिद्घेश्वर माध्यमिक विद्यालय र हरिसिद्घि माध्यमिक विद्यालय काभ्रे जिल्लामा रहेका छन् ।

काठमाडौंको कागेश्वरी नगरपालिका स्थित कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माण सुरु भएको छ । त्यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पाद्वारा भूमि पूजन कार्यक्रम सम्पन्न भएको दूतावासले जनाएको छ ।

२६ करोड ६ लाख लागतमा पुनर्निर्माण भइरहेको कान्ति भैरव माध्यमिक विद्यालय सरकारले तोकेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुनेछ । उक्त तीनतले भवनमा ३० वटा कक्षाकोठा, पुस्तकालय र प्रयोगशाला/अभ्यास कक्षका साथै छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना तथा फर्निचरको व्यवस्था हुनेछ ।

यी विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक