नेपाली क्रिकेटर सन्दीप लामिछाने आइपिएलको आगामी सिजनका लागि खेल्न नपाउने

सन्दीप लामिछाने

काठमाडौं, ६ फागुन । नेपाली क्रिकेटर सन्दीप लामिछाने आइपिएलको आगामी सिजनका लागि खेल्न नपाउने भएका छन् । यसअघि २०१८ र २०१९ मा राम्रो खेल कौशल देखाएका सन्दीप माथि यस पटक कुनै पनि टोलीले चासो देखाएनन् । ४० लाख भारु पारिश्रमिक तोकिएका सन्दीपले २०२० को सिजनमा टोलीमा परे पनि खेल भने खेल्न पाएका थिएनन् ।

अघिल्ला दुई सिजनमा भने सन्दीपले ९ खेल खेल्न पाउँदा १३ विकेट लिएका थिए । विश्व क्रिकेटमै लोकप्रिय मानिएको आइपिएलमा खेल्ने सन्दीप पहिलो र हाल सम्म एक्लो नेपाली खेलाडी हुन् । २०१८ मा सानो उमेरमै आइपिएलमा छिरेका सन्दीपले अब्बल खेल कौशल देखाएका थिए ।

भारतको चेन्नईमा बिहीबार गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सनमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले भाउ पाउन असफल भएका हुन । यद्यपि २०२१ को सिजनमा उनी खेल्न सक्ने अपेक्षा धेरैले गरेका थिए । सामाजिक सञ्जालमा भने उनका प्रशंसक तथा क्रिकेट दर्शकहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरु मध्ये धेरैले सन्दीपको आगामी सिजनको खेल हेर्न नपाउने भएकोमा निराशा ब्यक्त गरेका छन ।

दिल्ली क्यापिटलसले यस सिजनका लागि रिलिज गरे पछि सन्दीप लामिछाने पनि अक्सनमा आएका थिए । नेपाली ग्लोबल स्टार सन्दीप लामिछानेले अक्सनमा भाउ पाउँछन् कि पाउँदैनन् भन्नेमा धेरै नेपालीको चासो थियो । दिल्लीले यस सिजन रिलिज गरिदिएपछि सन्दीप अक्सनमा गएका थिए ।

अक्सनमा सन्दीप सहित विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी गरी ८ खेलाडीले नेपाल क्रिकेट संघ (क्यान) मार्फत आवेदन दिएका थिए । त्यसमा सन्दीप मात्र अन्तिम अक्सनलाई छानिएका थिए । आवेदन दिएका १ हजार ९७ बाट छाँटेर २ सय ९२ खेलाडीलाई अक्सनमा लगिँदै छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्