नेकपा प्रचण्ड–माधव समूहको मानव साङ्लोले घेरियो काठमाडौंको टुँडिखेल

manav sanglo

काठमाडौं, ६ फागुन । प्रतिनिधि सभा विघटनको वि’रोधमा नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते गरेको प्रतिनिधि सभा विघ’टनको विरोधमा प्रचण्ड–माधव समूहको नेकपाले तीन चरणका विरोध तथा संघर्षका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

चौथो चरणको संघर्षको कार्यक्रम अन्तर्गत बिहीबार काठमाडौंको टुडिखेललाई मानव साङ्लोले घेरेर प्रतिनिधि सभा विघ’टनको असंवैधानिक कदमको बि’रोध गरेको हो ।

कार्यक्रमका सहभागीरूहले विभिन्न नारा लेखिएका प्लेकार्ड झुण्डाएका थिए । कार्यक्रममा प्रतिनिधि सभाको असंवैधानिक कदम खारेज गर, भ्र’ष्टाचारीलाई कार’बाही गर, बला’त्कारीलाई कारबाही गर, प्रतिगमन मु’र्दावा’द लगायतका विभिन्न प्लेकार्ड तथा ब्यानरहरु प्रस्तुत गरिएका थिए भने नेता कार्यकर्ताहरुले पार्टीको झण्डा र सुर्य चिन्ह पनि बोकेका थिए।

प्रधानमन्त्रीको प्रतिगमनकारी कदम वि’रुद्ध नेकपा प्रचण्ड–माधव समूहले चौथो चरणको आ’न्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ । मानव साङ्लोमा नेकपाका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक