प्रजातन्त्रको दिवसको अवसरमा पाँच सय ९५ कैदीलाई रिहा गरिने

jail

काठमाडौं, ६ फागुन। सरकारले शुक्रबार प्रजातन्त्र दिवसका अवसरमा कारागारमा रहेका ब’न्दीको कै’द स’मय छुट दिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज यही माघ १५, माघ २९ र फागुन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जिल्ला प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानी व्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेकालाई सरकारले त्यस्ता कै’दीको छुट दिने मापदण्डका आधारमा छुट दिने निर्णय गरेको जानकारी दिए ।

बिहीबार ७१औँ प्रजातन्त्र दिवस मनाइँदै छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले पाँच सय ८० कै’दीको बाँकी कै’द स’जाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको हो । उनीहरु मध्ये एक सय ७९ जनालाई मुलुकी अप’राध संहिता २०७४ लागू हुनु अघिको प्रावधान अनुसार स’जाय मिनाहा गर्न लागिएको हो । त्यस्तै, सरकारले चार सय एक जनालाई २०७५ भदौ १ गते बाट लागू भएको अप’राध संहिता अनुसार कै’द मिनाहा गर्ने निर्णय गरेको हो ।

सरकारले गरेको निर्णय अनुसार बाँकी स’जाय मिनाहा पाएकाहरु मध्ये एक सय ७९ जना ह’त्या लगायतका क’सुरमा जन्मकै’द स’जाय पाएका कै’दीहरु हुन् । उनीहरु पनि प्रजातन्त्र दिवसको अवसरमा रि’हा हुनेछन् । मन्त्रि परिषद्को निर्णय राष्ट्रपति कहाँ पठाइनेछ । राष्ट्रपतिबाट कै’द मिनाहा र आममाफी गरिए पछि उनीहरु कै’द मुक्त हुनेछन् ।

चालचलन राम्रो भएका, ५० प्रतशित सजाय भुक्तान भएका कै’दीलाई मिनाहाका लागि जेल’रले प्रमुख जिल्ला अधिकारीलाई सिफारिश गर्छन् । त्यस पछी प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा पठाउने गरेका छन् । त्यसका आधारमा मन्त्रि परिषद्ले निर्णय गर्ने व्यवस्था छ । मंगलबारको मन्त्रि परिषद्ले गरेको निर्णय बुधबार राष्ट्रपति कार्यालय पठाइएको छ । शुक्रबार राष्ट्रपति कार्यालयले रि’हा हुने कै’दीको नाम सार्वजनिक गर्नेछ । त्यसपछि उनीहरु रि’हा हुनेछन्।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक