बैतडी, ७ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीय किशोरी भागरथी भट्टको शव आफन्तले बुझेका छन् । १५ दिन अघी बला’त्कार पछि ह’त्या गरिएकी भागरथीको शव आफन्तले शुक्रबार बुुझेका हुन् । भागरथीको शव १५ दिन देखि जिल्ला अस्पतालमा रहेको थियो ।
बला’त्कार पछि ह’त्याको अभि’योगमा पक्राउ परेका दिनेश भट्टले अभिभावकको रोहबरमा बयान लिने क्रममा आफूले बला’त्कार पछि ह’त्या गरेको स्विकारे पछि भागरथीका परिवारले शव बुझ्न मानेका हुन् । भागरथीको आज अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । गोठलापानी बाट शवयात्रा सुरु गरी सेरास्थित महाकाली घा’टमा अन्तिम संस्कार गर्ने तयारी छ ।