प्रधानमन्त्रीले हामीलाई केही महत्त्वपूर्ण सूचना सुनाउन चाहनुभएको छ : सुवासचन्द्र नेम्वाङ

subash chandra nimwang

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा संविधानसभा सभामुख सुवासचन्द्र नेम्वाङले शनिवारको विराटनगरको सभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले केही महत्त्वपूर्ण सूचना सुनाउन चाहेको बताएका छन् ।

विराटनगरमा आयोजित ओली समूहको विशाल जनसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले केही महत्त्वपूर्ण सूचना सुनाइने बताए । उनले त्यो घोषणको बारेमा भने आफूलाई पनि थाहा नभएको बताए । यसअघि शनिबार बिहानै प्रधानमन्त्री ओलीको विश्वासपात्र एवं पूर्वमन्त्री गोकुप्रसाद बाँस्कोटाले पनि आज पक्कै नयाँ हुन्छ भन्दै ट्वीट गरेका थिए ।

नेता नेम्वाङले नेपाली जनताले निर्वाचन चाहेको बताउँदै जनताले निर्वाचन हुने फैसला सुनाइसकेकाले सर्वोच्च अदालतले सुनाउन बाँकी रहेको बताए । उनले सर्वोच्च अदालतले फागुन १५ गते भित्र फैसला आउने बताए । ‘निर्वाचनमा जाने भनेर जनताले फैसला गरिसके । सम्मानित सर्वाेच्च अदालतको फैसला हामी कुरिरहेका छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक