काठमाडौं, ८ फागुन । दोलखाको कालिञ्चोक गाउँपालिका-६ मा श्रीमतीको ह’त्या गरेको अभि’योगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीया हिमाल थामी छन् । थामीले आफ्नी २३ वर्षीया श्रीमती सुनिता थामीको ह’त्या गरेको अभि’योगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार शुक्रबार राति २ बजे खु’कुरी प्र’हा’र गरी ह’त्या गरिएको पाइएको छ । श्रीमतीको ह’त्या गरी भागिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । ‘घ’टना भएको जानकारी पाएपछि हामी घ’टना स्थलमा पुगेका थियौँ । थप अनु’सन्धा’न भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी भेषराज रिजालले भने ।
प्रहरीलाई ४ः११ बजे खबर आएकोमा खोजतलास गर्दा भागेर कालिञ्चोक-७ मा पुगेको अवस्थामा बिहानै थामीलाई पक्राउ गरिएको रिजालले बताए । श्रीमती २३ वर्षीया सुनिता थामीको शवलाई पोष्ट’मार्टमका लागि जिल्ला अस्पताल, दोलखा पठाउने तयारी गरिएको छ । हाल पारिवारिक वि’वादमा घ’टना भएको हुनसक्ने आशं’का गरिए पनि थप अनु’सन्धा’न जारी छ ।